काठमाडौं ,जेठ ०२
यम थापाको लेखन तथा निर्देशन फिल्म ‘लालीबजार’ निर्माण हुने भएको छ । फिल्मलाई ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’को निर्माता कम्पनी ‘षट्कोण आर्ट्स’ले निर्माण गर्नेछ ।
फिल्ममा म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेने छन् भने निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता रहनेछन् ।फिल्म घोषणासँगै निर्माताले टिजर पोस्टर सार्वजनिक गरेका छन्, जसमा पहेँले रङको पृष्ठभूमिमा चुरा, लिपिस्टिकसहितका महिलाको सौन्दर्य प्रशाधनका सामग्री देख्न सकिन्छ । शीर्षक र टिजर पोस्टरले फिल्मको केन्द्रमा महिला रहेको बुझ्न सकिन्छ ।
‘सोसल ड्रामा’ जनरामा बन्न लागेको फिल्म ‘लालीबजार’ कलाकार छनोट प्रक्रियामा रहेको छ । दशैंपछि छायांकन सुरु हुने जानकारी उनले दिए । राजारानी, हुर्रे र मेरी मामु थापाले निर्देशन गरेका फिल्म हुन् ।
तपाईको प्रतिक्रिया


