• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नेपालको झन्डा सहित स्टल राखेर कान्स फिल्म फेस्टिभलबाट फर्कियो एक्लो टिम

  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ १२
नेपाली चलचित्र ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइ-फाइ थ्रिलर चलचित्रले फ्रान्सको कान्स सहरमा आयोजित ‘मार्चे दु फिल्म’ (Cannes Film Market) मा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको छ। स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए। नेपाली चलचित्रको लागी कान्स फिल्म फेस्टिभलमा एक्लो को यो उपस्थिति उल्लेखनिय छ। कान्समा नेपालमा छायांकन गर्ने उत्कृस्ट गन्तब्यहरुको प्रचार समेत गरिएको थियो। कान्स फिल्म फेस्टिभलमा सहभागिताले अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीको हाइप समेत बढेको छ।

यस बर्षको कान्समा ईरानी निर्देशक जाफर पनाहीको It Was Just an Accident ले सर्वश्रेष्ठ फिल्मको अवार्ड जितेको छ। कान्समा टम क्रूज अभिनीत चलचित्र Mission: Impossible – The Final Reckoning को वर्ल्ड प्रिमियर सम्पन्न भयो। कान्समा ‘एक्लो’ यो प्रचार प्रसारले नेपाली चलचित्र क्षेत्रलाई विश्वभर पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। निर्देशक प्रदीप शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान समेत दिलाएको छ।

‘एक्लो’ चलचित्रको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ। चलचित्रमा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ। बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा भई रहेको कार्यकारी निर्माता विनोद सुबेदी क्षितिजले जानकारी दिए।

‘एक्लो’ चलचित्रको सम्पूर्ण छायांकन नेपालको अपर मुस्ताङ र काठमाडौँमा सम्पन्न भएको छ । कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको सिनेमाको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले जानकारी दिए।

कान्स फिल्म फेस्टिभल २०२५ मा ‘एक्लो’ को सहभागिता नेपाली सिनेमाको लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले भविष्यमा नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.