• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

फिल्म ‘जन्ते बाख्रो’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ २२
भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘जन्ते बाख्रो’को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् ।

उनले भनिन्,’म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’

वर्षाका श्रीमान समेत रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै सिनेमाले मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै सिनेमामा कैद भएका सुन्दर दृश्यको तारिफ गरे । ‘तपाइँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ । ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ,’ संजोगले भने ।

अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । सिनेमा हेरेर निस्किँदा पत्कथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।

‘मलाई सिनेमा बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो । रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु । सिनेमा हेरिरहदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ । यो सिनेमामार्फत एउटा राम्रो निर्माता सनतोष गौतमको आगमन भएको छ । उहाँले सिनेमालाई राम्रो बनाउन कहिँ कतै कन्जुस्याइँ गर्नुभएको छैन,’ उनले भने ।

गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरे,’ गायक काफ्लेले भने ।

सिनेमाको प्रिमियर शोमा निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन ।‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु,’ उनले भनिन् ।

अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए । उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए ।

प्रिमियर पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले गाउँको सेटअपमा पहिलोपटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए । ‘यो पारिवारिक सिनेमा हो, यसमा हासो छ, रोदन छ, यो एउटा पूर्ण सिनेमा हो । सबै मिश्रण गरिएको छ । आज हामीले पाएको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ, यस्तै प्रतिक्रिया शुक्रबारदेखि दर्शकबाट पाउनेमा आशावादी छु,’ उनले भने ।

अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु,’ उनले भने ।

निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ । प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।

गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.