काठमाडौं ,आषाढ २३
बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहने चलचित्र ‘मैझारो’ मा मुख्य कलाकारको रुपमा धीरज मगर अनुबन्ध भएका छन् । राईको डेब्यु निर्देशन रहने चलचित्र ‘मैझारो’ तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुदैछ ।
बाल्यकालमा नै अभिनेता राजेश हमालको चलचित्र ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता दर्जनौ फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन्। यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।
चलचित्र साउनको पहिलो हप्ताबाट छायांकन हुने छ।चलचित्रको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा हुनेछ । चलचित्रमा सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन्। यही पृष्ठभूमिमा निर्माण हुन लागेको ‘मैझारो’प्रति दर्शक र फिल्मकर्मीहरूमा उत्साह देखिएको छ। उनी लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।उनि अभिनित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यहि असार २७ गते बाट प्रदर्शनको तयारीमा रहेको छ ।


