काठमाडौं ,आषाढ २७
फ्राइडे रिलिज अन्तर्गत आज असार २७ गते शुक्रवारदेखि न नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शनमा आएको छ । मित्र प्रधान (नर) द्वारा निर्देशित यो फिल्म नेपाली भाषालाई संरक्षण गर्नु पर्ने विषयमा केन्द्रित छ ।
निर्देशक प्रधानकै कथामा बनेको यो फिल्मका लागि मल्टिप्लेक्स सिनेमा हलहरूले शो तालिका तय गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।
नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित यो फिल्मकाृ गत बुधवार आयोजित प्रीमियर शोमा अधिकांशले यसको विषयवस्तु, प्रस्तुतिकरण तथा कलाकारको अभिनयको प्रसंसा गरेका थिए ।
फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास गरेको, वर्तमान पुस्तालाई पनि मातृ भाषाप्रतिको जिम्मेवारी सम्झाउने सन्देश दिएको प्रतिक्रिया पाएको छ । फिल्ममा नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावना तथा भाषाको महत्व झल्काउने प्रस्तुति भएका कारण सबै नेपालीले हेर्नलायक फिल्म बनेको प्रतिक्रियासमेत यो फिल्मले पाएको छ ।
फिल्मका निर्देशक प्रधान पनि यो फिल्मले विश्वभर रहेका सबै नेपालीलाई जोड्ने भावनात्मक सन्देश बोकेको बताउँदै फिल्मले उठाएको विषयले दर्शकको मन छोएको तथा यस्ता कामले नेपाली भाषा, कला तथा देशको सम्मान हुने बताएका छन् ।
यो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । उनीहरुले विभिन्न देशमा बसोबास गरिरहेका नेपालीको प्रतिनिधित्व गर्दै सञ्चालन गर्ने अभियानले फिल्मको कथालाई रोमाञ्चक बनाएको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्मका निर्माता ज्ञानबहादुर प्रधान ९रोशन० हुन् । फिल्ममा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायतको पनि अभिनय छ । फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् भने छायांकार सौरभ लामा हुन् । यो फिल्ममा देव महर्जनको द्वन्द निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज, प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सत्यम रानाको सिजिआई रहेको छ ।
यो फिल्ममा दीपक शर्मा, विकास चौधरी तथा थोरम्पो हृयाङ राईको संगीत छ भने गीतहरूमा दीपक शर्मा, विल्सनविक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतका लागि अनिश अधिकारीको शब्द संकलन छ । फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ ।


