• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

होस्टेल ३’को समूहबाटै ‘होस्टेल अगेन’ घोषणा

  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल चलचित्र शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरेको छ । आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टरले चलचित्रको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो चलचित्र ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । ‘होस्टेल’ को नाम भए पनि ‘अगेन’ थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल ३’ बाट कथावस्तुको निरन्तरता छ वा छैन भन्ने स्पष्ट नभए पनि यसले ‘होस्टेल’ ब्रान्ड अन्तर्गतकै अर्को कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

यस चलचित्रमा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् । स्मरण रहोस्, सशान कँडेलले पहिलो पटक निर्देशन गरेको ‘होस्टेल ३’ ले सिनेमा हलमा लगातार ५१ दिनको सफल प्रदर्शन गरेको थियो । ‘होस्टेल’का अघिल्ला शृङ्खलाहरू जस्तै तेस्रो शृङ्खला पनि नयाँ पुस्ताका कलाकारहरूका लागि ‘विश्वविद्यालय’ साबित भएको थियो, जसबाट पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान लगायतका कलाकारहरूले दर्शकमाझ राम्रो पहिचान बनाए ।

नेपाली चलचित्रमा नयाँ प्रतिभाहरूलाई अवसर दिने र बक्स अफिसमा सफल हुने क्रममा रहेको यसै परम्परालाई ‘होस्टेल ३’ ले पनि निरन्तरता दियो र अब ‘होस्टेल अगेन’ ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ ।

‘होस्टेल’ सिरिज, जसको पहिलो भाग २०७० मा हेमराज बिसी र दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए । ‘होस्टेल ३’ गत वर्षको फागुन २३ गते रिलिज भएको थियो । ‘होस्टेल अगेन’ छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ ।

यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.