• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित

मुस्ताङ , कार्तिक ०७। यहाँको थासाङ गाउँपालिका वडा नम्बर २ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ ।स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडक मार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन् ।

लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गरेका हुन् ।

उनले थासाङ क्षेत्रमा पर्यटन विकास र स्तरीय होटल नभएका कारण पर्यटक लोभ्याउन ‘माटोको घर’ अर्थात् ‘मड रिसोर्ट’ निर्माण गरेको बताए । शेरचनले सन् २०२० बाटै रिसोर्ट निर्माण सुरु गरेका थिए ।

रिपोर्टमा डाइनिङ हल र किचन कोठाबाहेक सुविधा सम्पन्न १० कोठा छन् । कोभिड र आन्तरिक समस्याका कारण रोकिएको निर्माण कार्य हालै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।रु दुई करोड ५० लाख लागतमा निर्मित रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको सञ्चालक शेरचनले बताए ।

उनका अनुसार विदेशीले बनाएका पूर्वाधार सामाजिक सञ्जालमा हेरेर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री रिसोर्ट बनाइएको हो । यस प्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत लागेको शेरचनले सुनाए ।

“माटोबाटै कोठा निर्माण गरिएका छन् । बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो”, उनले भने,“समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्ने गरी वातावरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ ।”

सञ्चालक शेरचनले अब रिसोर्ट नजिकै एड्भेन्चर कार्यालय, स्ट्रिम बाथ, कोशेली घरलगायत विभिन्न ‘शो रुम’ निर्माण गर्ने योजना रहेको बताए ।

रिसोर्टका कोठाहरूको बाहिरी आवरणमा हिमाली धार्मिक तथा सांस्कृतिक पहिचान, जैविक विविधता र पर्यटकीय स्थललगायत चित्र कोरेर थप आकर्षक बनाउने लक्ष्य राखेको उनले जानकारी दिए ।

“गाउँ छोडेर लामो समयसम्म काठमाडौँमा होटल सञ्चालन गरेको थिए । गाउँघरमा भइरहेको तीव्र विकासले गाउँतिर फर्काएको हो । मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउन थालेकाले यहाँको पर्यटन सम्भावना देखेर थातथलो आए । यसै यतै बसेर नयाँ ढङ्गले होटल सञ्चालन गर्छु”, शेरचनले भने ।

यहाँको थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क, गुरुसाङ्वो गुफालगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता रहेको छ ।

रिसोर्ट बनेपछि तिनको प्रचारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । यहाँको कालीगण्डकी फाँटमा साहसिक मोटरसाइकल ‘रेश’ र साइकल ‘ट्रेल’ रहेकाले पर्यटकका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य रहेको छ । यहाँ घनाजङ्गल र याकचौरी खर्क रहेकाले पछिल्लो समय थासाङ क्षेत्र चलचित्र ‘हब’ बन्न थालेको छ ।

“सम्भावना भएर पनि थासाङ क्षेत्र जिल्लाका अन्य स्थानभन्दा विकासका दृष्टिले पछाडि नै छ । रिसोर्टमार्फत यस ठाउँको विकासमा केही गर्न सकिन्छ की भनेर गाउँ फर्किएको छु”, शेरचनले भने,“रिसोर्टमा बसेका पर्यटकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई थप उत्साहित बनाइरहेको छ । पक्कै पनि यहाँ थप चहलपहल बढी पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुग्ने छ ।”

शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • २.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ३.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ४.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ५.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ६.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ७.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ८.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.