• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

हिमपातले पर्यटक अलपत्र

  •   शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित

काठमाडौँ, कात्तिक १५  । बाक्लो हिमपातपछि मनाङ, मुस्ताङ र म्याग्दीका उच्च हिमाली क्षेत्रबाट ९४९ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कात्तिक ११ गते रातिदेखि परेको हिउँमा फसेका स्वदेशी र विदेशी पर्यटकको उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनाङबाट ७६५, मुस्ताङबाट २२ जना र म्याग्दीबाट १६२ जनाको सकुशल उद्धार गरेको हो ।

उहाँले भन्नुभयो, “मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिमसमेत सञ्चालन गर्न थालेपछि यस पटक हिमपातमा फसेका सबै नागरिकको सकुशल उद्धार सहज भएको छ । उक्त तीन वटै जिल्लामा प्रतिकूल मौसमका कारण हेलिकोप्टरको उडान सम्भव नभएपछि स्थलमार्गबाटै टोली परिचालन गरेर उद्धार गरिएको हो ।” हालसम्म मनाङबाट ६५० स्वदेशी र एक सय विदेशी, मुस्ताङबाट १२ जना स्वदेशी र १० जना विदेशी, म्याग्दीबाट १४५ स्वदेशी र १७ जना विदेशी गरी ९३४ जनाको उद्धार गरिएको तथा मनाङको तिलिचो बेसक्याम्पमा फसेका १५ जनाको उद्धार जारी रहेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण बेसक्याम्पबाट १६२ को उद्धार 

कात्तिक ११ गते सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट खटिएको टोलीले अन्नपूर्ण आधारशिविर (बेसक्याम्प) मा शुक्रबार बिहान १७ विदेशी पर्यटकसहित १६२ जनाको उद्धार गरेको उहाँले बताउनुभयो । त्यहाँ हिउँपहिरो गइरहेको र अब त्यस क्षेत्रमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेको उहाँले जानकारी दिनुभयो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्तालगाउन नसकेर अलपत्र परेका पर्यटकको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । उद्धार गरिएकाहरूलाई गुफाफाँट, सादीखर्कलगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

हिडन भ्यालीबाट १५ को उद्धार

म्याग्दी (बेनी) समाचारदाता ठाकुरप्रसाद आचार्यका अनुसार जिल्लाको धवलागिरि गाउँपालिका–४, मुदी हुँदै राउन्ड धवलागिरि पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको नेपाली सेनासहितको टोलीले सकुशल उद्धार गरी जोमसोम ल्याएको छ ।

धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण तीन जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।   मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले शुक्रबार सकुशल उद्धार गरी जोमसोम ल्याएको जानकारी दिनुभयो । उद्धार गरिएको सो स्थान हिडन भ्याली धवलागिरि र सीता हिमालबिचको भन्ज्याङ (पास) काटेर तल टुक्चेपिकको पछिल्लो पाखा समुद्र सतहदेखि पाँच हजार एक सय मिटर उचाइमा पर्दछ । सो क्षेत्रमा सञ्चार सम्पर्कसमेत हुन सक्दैन । मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिँडेर जानुपर्ने भएको हुँदा उद्धारमा केही समय लागेको बताइएको छ ।

घाइतेको उद्धार हुन सकेन

त्यस्तै गोरखा (सुलीकोट) समाचारदाता गुणबहादुर रोकाका अनुसार मनासलु क्षेत्रमा घाइते पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन ।  मनासलु क्षेत्र घुम्न गएका आन्तरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्सालको दुई दिनदेखि उद्धार हुन नसकेको हो । बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५, बिहीमा पैदल हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते लम्साललाई प्रतिकूल मौसमका कारण उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  घाइते लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्यकर्मीको हेरचाहमा स्थानीयको एक घरमा राखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दक्षिणतर्फ पर्ने बुरनभिरबाट चार घण्टा पैदल दुरीमा रहेको छ ।

उद्धारको पर्खाइमा आरोही

गोरखाको पाङ्वारी हिमाल आरोहणका क्रममा फसेका तीन इटालेली र तीन नेपाली नागरिकको उद्धार हुन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पाङ्वारी हिमालको आधार शिविरमा रहेका चार जना र पहिलो शिविरमा फसेका दुई जनाको प्रतिकूल मौसमका कारण तीन दिनदेखि उद्धार हुन नसकेको हो ।

पहिलो आधार शिविरमा पाँच फिटसम्म र आधार शिविरमा धेरै हिमपात भएकाले स्थलमार्ग भएर उद्धार सम्भव नरहेकाले मौसममा सुधार आएलगत्तै हेलिकोप्टरबाट उद्धार गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको चुमनुब्री–३, न्याकफेदीनेर खसेको पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीय महिला पर्यटक पुरिनु भएको छ । आफ्ना श्रीमान्सहित मनासलु क्षेत्रको भ्रमण सकेर फर्किंदै गर्दा उहाँ शुक्रबार दिउँसो पहिरोमा परेर पुरिनुभएको हो । घटनास्थल मानव बस्तीबाट निकै टाढा रहेको छ । सँगै रहेका उहाँका श्रीमान् सकुशल हुनुहुन्छ ।

‘मोन्था’ असर कम हुन सक्ने 

बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको असर नेपालमा मत्थर हुँदै गएको छ ।

यतिबेला भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रहेको चक्रवातको असर शुक्रबार रातिदेखि नै नेपालमा कमजोर बन्दै गएको हो । मोन्थाको प्रभाव कम भएसँगै शनिबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबारसम्म निरन्तर वर्षा भइरहेकामा शुक्रबार साँझदेखि मध्य क्षेत्रमा वर्षा हुन कम भएको छ । चक्रवातको प्रभाव पूर्वतर्फ सरेकाले पूर्वी र मधेश प्रदेशका केही भूभागमा अझै वर्षा भइरहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नेपालमा मोन्थासँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले केही दिन केही भूभागमा बदली तथा हल्कादेखि फाट्टफुट्ट वर्षा कायम रहने भएको छ  । सोमबारदेखि भने अझ सुधार हुने सम्भावना रहेको जनाइएको छ ।

शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • २.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ३.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ४.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ५.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ६.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ७.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ८.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.