• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

त्रिभुवन विमानस्थलमा चार घण्टा उडान ठप्प

  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित

काठमाडौँ, कात्तिक २३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६:०० देखि बन्द उडान राति १०:०० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।

शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५:१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन नसकेपछि कतार एयरवेजको जहाज झन्डै दुई घण्टा आकाशमा फन्को मारेर बङ्गलादेशको ढाका डाइभर्ट भयो । फ्लाई दुबईको जहाज भारतको लखनउ, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट हुन पुगे ।

धावनमार्गमा रहेका बत्तीको संयन्त्र प्रणालीमा सेन्टरलाइन, छेउछाउका बत्ती तथा विमानलाई उडान र अवतरणमा सहजीकरण गर्ने एप्रोच लाइट पर्छन् । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार दिनभर आँखाले हेरेर हुने (भिएफआर) उडान सञ्चालन भए पनि बेलुकादेखि सञ्चालन हुने उपकरणमा आधारित (आइएफआर) उडानका लागि आवश्यक धावनमार्गका बत्तीमा आएको समस्याका कारण उडान अवरुद्ध भएको थियो । उहाँले भन्नुभयो, “हवाईजहाजलाई राति वा न्यून दृश्य क्षमतामा सुरक्षित अवतरण र उडान गर्न सहयोग पु¥याउने बत्तीको संयन्त्रमा समस्या आएपछि प्रविधिमा आधारित रहेर हुने उडान चार घण्टा प्रभावित भयो ।”

किन सधैँ विदेश डाइभर्ट ? 

हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । तर कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भने अझै भारत वा उडान भरेर आएकै गन्तव्यमा फर्किने बाध्यता कायमै रहेको छ । भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् । शनिबार पनि यही क्रमले निरन्तरता पाएको छ ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउ अवतरण हुने गरेका थिए । हाल देशमा तीन विमानस्थल तयारी अवस्थामा रहँदासमेत समस्या ज्यूँका त्यूँ छन् । आफ्नै दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउने प्रावधान हुन्छ । विदेशी एयरलाइन्सले नेपालका अन्य विमानस्थललाई विकल्पमा नराख्दा र नेपालमा हवाई इन्धन महँगो हुने भएकाले जहाज भारततर्फ डाइभर्ट हुने क्रमले निरन्तरता पाइरहेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । भैरहवा वा पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग विदेशी हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने उहाँको भनाइ छ । प्राधिकरणले भने नियम अनुसार हवाई कम्पनीलाई वैकल्पिक विमानस्थलका रूपमा यहीँ अवतरण गर्नु पर्छ भन्ने बाध्य गराउन नपाइने जनाएको छ ।

आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.