• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सवारी लाइसेन्स छापिन थाल्यो

  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ६ गते । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलो पटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो ।

‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ । अब अनुमतिपत्रको छपाइ निरन्तर हुने केन्द्रको भनाइ छ । अनुमति छपाइका लागि सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच गएको कात्तिक १२ गते सम्झौता भएको थियो । जस अनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान अनुमतिपत्र विभागलाई उपलब्ध गराउनुपर्ने छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्र गतिमा हुने बताउनुभयो । उहाँले विभागले जति धेरे तथ्याङ्क पठाउँछ सोही आधारमा जति पनि लाइसेन्स छाप्न सकिने उल्लेख गर्नुभयो । छापिएका नयाँ अनुमतिपत्रको नेपालकै प्रयोगशालामार्फत विभिन्न मापदण्डको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट अनुमतिपत्र प्राप्त भएसँगै यस क्षेत्रसँग सम्बन्धित ठुलो समस्याको समाधान भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विभागमा विगत चार÷पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो । सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल भएको छ । पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइने छ ।” विभागले वैकल्पिक सफ्टवेर बनाएर दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ । एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाइ छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागसँगको सम्झौता अनुसार सुरुको तीन महिना महिनाको एक लाखका दरले तीन महिनामा तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख अनुमति छपाइ गरिने छ । उहाँका अनुसार चालक अनुमतिपत्रका अतिरिक्त केही दिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरिएको छ । त्यसपछि नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गरिने छ ।

केन्द्रबाट छपाइ हुने कार्डमा चिप्सको सट्टा क्युआर कोड प्रयोग गरिएको छ । यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने छ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहने छन्, जसमा केही दृश्य र केही अदृश्य रहने छन् ।

लाइसेन्सको सूचना फेसबुक पेजमा 

यसैबिच यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को विवरण फेसबुक पेजमा राख्न थालेको छ । अब आफ्नो लाइसेन्स छापियो कि छापिएन भनेर फेसबुक पेज हेर्दा थाहा पाउन सकिने छ ।

लाइसेन्स तयार भएको जानकारी विभागको आधिकारिक फेसबुक पेजमा उपलब्ध छ । विभागले बिहीबार सूचना सार्वजनिक गरी जेनजी आन्दोलनमा कार्यालय ध्वस्त भएकाले अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि फेसबुक पेजमार्फत जानकारी दिने व्यवस्था गरेको जनाएको छ ।

अत्यावश्यक सवारी लाइसेन्स छपाइका लागि अनलाइन फाराम भरेर स्वीकृत भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।

शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.