काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूहरूबाट भएकाे कमीकमजोरी खाेतल्न र त्यसलाई सच्याउन आफूहरू अघि बढेकाे बताएका छन्। जेननी विद्राेहले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घच्घच्याएको उनकाे भनाइ छ।
लुम्बिनीस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै संयाेजक प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्ने आवश्यकता देखिएको बताए। त्यसैका लागि विभिन्न समूहमा छरिएकाहरू एकताबद्ध भएकाे उनले बताए।
हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ’, उनले भने, ‘यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो।’
प्रचण्डले हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको जिकिर गरे। उनले आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।


