काठमाडौँ , पुष ०१
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ ।आज साँझका लागि तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक प्राविधिक तयारी पूरा हुन नसक्दा मतदान समय सार्नुपरेको हो ।
यसअघि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदान हुने समय तोकिएको थियो । त्यसभन्दा अघि दिउँसो १ बजेदेखि नै मतदान हुने भनिए पनि पटक–पटक समय सरेको थियो ।मतदान स्थगित भए पनि मतदाताहरू मतदान हुने आशामा लामो समयसम्म लाइनमै बसेका थिए ।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया


