काठमाडौं , पौष ०३ । तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बुझाउन तथा थप १ करोड रुपैयाँ धरौटी राख्न आदेश दिएको हो।