काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार काठमाडौं जिल्ला अदालत पुगेका छन्। उनी आज पहिलो तारेखका लागि अदालत उपस्थित भएका हुन्।
अदालत परिसरमा सञ्चारकर्मीहरुसँग लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित अभिव्यक्ति दिएका छन्। उनले ओलीले लगाएको ‘गुन’ तिर्न अदालत आएको टिप्पणी गर्दै, आफूलाई सात दिनभित्र विभिन्न अदालतमा उपस्थित हुनुपर्ने बाध्यता रहेको बताए।
लामिछानेका भनाइअनुसार, विभिन्न जिल्लाका अदालतमा मुद्दाका कारण ‘जिउँमा किला ठोकेको जस्तै’ परिस्थिति बनेको छ। उनले अझै ‘विष शरीरमै बाँकी रहेको’ भन्दै आफू त्यसका लागि तयारी गर्दै गएको बताए।
तपाईको प्रतिक्रिया


