• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातले निधन

  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित

काठमाडौं। भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन-३ का विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीबीच रहेनन्। ४३ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको खबरले सम्पूर्ण नेपालीभाषी संसार शोकमा डुबेको छ।

दार्जिलिङका पहाडबाट उदाएका प्रशान्त केवल एक गायक वा अभिनेता मात्र थिएनन्, उनी संघर्ष, आत्मसम्मान र पहिचानको प्रतीक थिए। सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका उनी नेपाली मूलका परिवारका सन्तान थिए।

सानै उमेरमा बुबा मदन तामाङलाई दुर्घटनामा गुमाएपछि जीवनले उनलाई चाँडै जिम्मेवार बनायो। पढाइ छोडेर परिवारको भार बोक्दै उनले जीवनको कठोर यथार्थसँग सम्झौता गर्न सिके।

संगीतको दुनियाँमा पाइला टेक्नुअघि प्रशान्त कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा कार्यरत थिए। प्रहरीको वर्दीमै इन्डियन आइडलको मञ्चमा उभिँदा उनले केवल गीत मात्र गाएनन्, आफ्नो पीडा, सपना र आशा पनि गाए।

उनको सरल व्यक्तित्व, भावनाले भरिएको स्वर र अथक मेहनतले दार्जिलिङ, सिक्किम, नेपाल र भारतभरिका नेपालीभाषी दर्शकहरूको मन जित्यो। अन्ततः उनी इन्डियन आइडल सिजन-३ का विजेता बने। यो जित केवल व्यक्तिगत उपलब्धि थिएन, सम्पूर्ण गोरखा समुदायको गौरव थियो।

इन्डियन आइडलपछि प्रशान्तले नेपाली, हिन्दी तथा अन्य भाषामा थुप्रै गीतहरू गाए। उनका गीतहरूमा जीवनका अनुभूति, पीडा र सरल भावनाको सुगन्ध पाइन्थ्यो। गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफूलाई स्थापित गरे। गोर्खा पल्टन, अङ्गालो यो मायाको जस्ता चलचित्रमा उनको स्वाभाविक अभिनयले दर्शकको मन छोयो।

कलामात्र होइन, समाजप्रतिको जिम्मेवारीमा पनि उनी सदैव सक्रिय रहे। विभिन्न कन्सर्ट र सामाजिक अभियानमार्फत उनी मानिसहरूसँग जोडिइरहे। सन् २०२१ मा आमालाई कोभिड-१९ का कारण गुमाउँदा उनी गहिरो शोकमा परे, तर पीडालाई शक्तिमा बदल्दै उनले आफ्नो कर्मयात्रा रोक्न दिएनन्। दुर्भाग्यवश, आइतबार उनी स्वयं असामयिक रूपमा यो संसारबाट विदा भए।

प्रशान्तको योगदान गोर्खा समुदायका लागि ऐतिहासिक रह्यो। इन्डियन आइडल जितमार्फत उनले दार्जिलिङ, तराई, डुवर्स, सिक्किम, उत्तर-पूर्व भारत, नेपाल र विश्वभर छरिएका गोरखाहरूमा एकता, आत्मगौरव र पहिचानको भावना जगाए। उनको सफलताले सांस्कृतिक उपहासविरुद्ध आवाज उठाउन साहस दियो र ‘हामी पनि सक्छौं’ भन्ने विश्वास बलियो बनायो।

उनको निधनप्रति कलाकारहरूबाट भावुक श्रद्धाञ्जली आइरहेका छन्। गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएनछ। उफ ! वैकुण्ठमा वास होस्।’

यसैगरी संगीतकार अर्जुन पोखरेलले दुःख व्यक्त गर्दै लेखेका छन्, ‘नेपाली मन–मुटुमा बस्न सफल इन्डियन आइडल हामी माझ रहेनन् भन्ने खबरले मन भारी भयो। यो खबर असत्य होस् जस्तो लागिरहेछ। आत्माको चिरशान्तिको कामना।’

यसैगरी गायिका आस्था राउतले भिडियो सेयर गर्दै लेखेकी छन्, ‘अनन्त शान्तिमा विश्राम प्यारो प्रशान्त तामाङ दादा। सबै नेपालीभाषी नेपाली जातिका लागि यो ठूलो क्षति हो। विश्वास गर्नै सक्दिन कि दादा अब छैनन्। उहाँ शान्त स्वभावका, हास्यभाव भएका व्यक्ति हुनुहुन्थ्यो र सधैं नेपालप्रति चिन्तित रहनुहुन्थ्यो।’

प्रशान्त अब शारीरिक रूपमा हामीसँग छैनन्। तर उनको स्वर, संघर्षको कथा र गोरखा समुदायलाई दिएको आत्मसम्मान सधैं जीवित रहनेछ।
उनी केवल एक कलाकार होइनन् आशा, पहिचान र प्रेरणाको नाम हुन्, जो समय बिते पनि सधैं सम्झनामा रहिरहने छन्। गायक तथा अभिनेता तामाङको यो असामयिक निधनले उनको परिवार, प्रशंसकहरू र गीत संगीत क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ।

आइतबार, पुष २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.