• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सिरहाको गोसाइ डाँडा ताल: पर्यापर्यटनको सङ्गम

  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित

सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।

पानीमा देखिने दृश्य, चारैतिर फैलिएको हरियाली वन र तालमा डुङ्गा चढेर रमाइरहेका आन्तरिक पर्यटकहरूले झवाई खोल्सी क्षेत्रलाई अझ जीवन्त र आकर्षक बनाएको छ । पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको ‘गोसाइ डाँडा ताल’ अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी बताउँछन् ।

अध्यक्ष चौधरीका अनुसार हाल विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिन थालेको छ । “यस क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ”, उनले भने, “यदि ताल क्षेत्रको थप सौन्दर्यीकरण गर्न सकियो, डुङ्गाको सङ्ख्या बढाइयो, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पर्यटक विश्रामका लागि गोलघर तथा अन्य आवश्यक संरचना निर्माण तथा भएका संरचनाको स्तरोन्नति गर्न सकियो भने झवाई खोल्सीलाई निकट भविष्यमा मधेस प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना प्रबल छ ।”

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो ताल झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको छ । तालको चारैतिर रहेका साना–ठूला पोखरीहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अझै बढाएको छ । चुरे क्षेत्रको सिमसार क्षेत्रलाई संरक्षण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो ।

चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा गोसाइ डाँडा तालले महत्त्वपूर्ण भूमिका खेलेको छ । विशाल तालको पानीले ‘वाटर रिचार्ज’को काम गर्नुका साथै सिमसार क्षेत्रको संरक्षणमा सहयोग पुगेको वडाध्यक्ष तेजुलाल चौधरीको भनाइ छ । उनले भने, “यस प्रकारका ताल र पोखरीले चुरे क्षेत्रको जलाधार संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउँछन् । त्यसैले यस्ता जलाधार क्षेत्रको संरक्षणमा हामीले विशेष ध्यान दिएका छौँ । स्थानीयलाई प्रोत्साहन गरेका छौँ ।”

गोसाइ डाँडा तालको सिमसार क्षेत्रको पानीलाई सङ्कलन गरी आवश्यकताभन्दा बढी पानी सिँचाइका लागि प्रयोग गर्ने सम्भावनाको अध्ययनपछि भूसंरक्षण तथा सिँचाइ कार्यालयले यहाँ लगानी गरेको छ । झवाई खोल्सीको पानी प्रयोग गरी बानोगाउँका किसानले तरकारी, गहुँ, धानलगायत बाली उत्पादन गर्न थालेपछि थारु र मुसहर समुदायको जीवनस्तरमा सुधार आएको छ ।

यस क्षेत्रको विशेषता भनेकै स्थानीय थारु र मुसहर समुदायको सक्रिय सहभागिता हो । सामुदायिक वनको संरक्षण, तालको व्यवस्थापन र सौन्दर्यीकरणमा स्थानीयकै अग्रसरताले यो क्षेत्र उदाहरणीय बन्दै गएको छ । झवाई खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीका अनुसार खोल्सी दहमा माछापालन गरेर वार्षिक करिब रु दुई लाख आम्दानी भइरहेको छ भने वनको डालापात र दाउरा बिक्रीबाट थप रु पाँच लाख आम्दानी हुने गरेको छ । “यसले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै स्थानीयको आयआर्जनमा ठोस टेवा पुगेको छ”, उनले भने ।

ताल क्षेत्रमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय, वनभोजस्थलजस्ता संरचना निर्माण भइसकेका छन् । यस सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार महादेव र हनुमान मन्दिर निर्माण अन्तिम चरणमा रहेको छ भने भविष्यमा भ्यूटावर निर्माण गर्ने योजना पनि रहेको छ ।

तालको बीचमा रहेको जमिनले यसलाई अझै आकर्षक बनाएको स्थानीय बताउँछन्, जसका कारण यहाँ आउने पर्यटकलाई पोखराको फेवातालको झल्को मिल्ने गरेको छ । स्थानीय बासिन्दा अशोक चौधरी भन्छन्, “तालको बीचमा देखिने यो जमिनले यहाँको दृश्य निकै फरक र सुन्दर बनाएको छ । धेरैले त पहिलोपटक देख्दा फेवातालजस्तै लागेको प्रतिक्रिया दिनुहुन्छ, यही कारण यहाँ आउने पर्यटक झन् आकर्षित भइरहेका छन् ।”

लहान नगरपालिकाले झवाई खोल्सी डाँडामा शिव मन्दिर निर्माण, गाउँसम्म पुग्ने सडक ढलान तथा थारु परिकारमार्फत पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थारु संस्कृति होमस्टे व्यवस्थापनसमेत सुरु गरिसकेको छ । यस क्षेत्रको थप विकासका लागि बाधक बनिरहेको बानो खोलामा पुल निर्माणको काम सुरु भइसकेको छ । पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

झवाई खोल्सी क्षेत्रलाई प्राकृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लामो समयदेखि पहल भइरहे पनि यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीले स्थलगत भ्रमण गरी बजेट विनियोजन गरेपछि मात्र स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामुदायिक वनका अध्यक्ष चौधरीले स्मरण गरे ।

उनका अनुसार लहानकै राजदेवी र हात्ती दहजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल आउने पर्यटकलाई झवाई खोल्सी हुँदै गोसाइ डाँडा तालसम्म ल्याउने उद्देश्यका साथ काम भइरहेको छ । उनले भने, “पर्याप्त प्रचारप्रसार गर्न सके संरक्षण, पर्यटन र समृद्धिलाई एउटै सूत्रमा बाँध्दै अघि बढिरहेको गोसाइ डाँडा ताल अब केही वर्षभित्रै मधेस प्रदेशकै नमुना पर्यापर्यटन गन्तव्य बन्ने अपेक्षा गरेका छौँ ।”

शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.