• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित

काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन गरिएको उक्त विशेष अभियानको काठमाडौँ महानगरपालिका–२६, ठमेलमा विविध सांस्कृतिक कार्यक्रम गरी आज समापन गरिएको हो ।

ट्राफिक सप्ताहका अवसरमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सडक नाटक, सांस्कृतिक प्रस्तुति, दुर्घटनाका घाइतेका लागि रक्तदान कार्यक्रम, सवारी चालक तथा सहचालकलाई प्रशिक्षण, आँखा शिविरलगायत विविध कार्यक्रम सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

समापन कार्यक्रममा प्रमुख अतिथि एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चालक, यात्रु तथा पैदलयात्री सबै जिम्मेवार बनेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नु भयो, “हामी सबै सभ्य बनेको खण्डमा समाज पनि सभ्य बन्छ । हाम्रा परिवार हामी सुरक्षित रूपमा फर्कने प्रतीक्षामा हुन्छन् भन्ने कुरा सम्झेर सवारी चलाउँदा विशेष ध्यान दिन आवश्यक छ ।”

उहाँले पैदलयात्रीहरूले पनि जथाभाबी सडक पार नगरी सुरक्षित स्थान प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो । ट्राफिक नियमको पालना सबैले गरेमा सवारी दुर्घटनाको अन्त्य सम्भव रहेको उहाँको धारणा थियो ।

“ट्राफिक प्रहरी चोक चोकमा बसेर मात्रै दुर्घटना कम हुँदैन,” उहाँले भन्नुभयो, “नागरिक आफैँ सचेत भई नियम पालना गरेको खण्डमा सवारी दुर्घटना रोक्न सकिन्छ ।”

महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी भवनको पुनर्निर्माण तथा प्रहरीका लागि सवारी साधन खरिदमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताह सडक दुर्घटना न्यूनीकरण र सभ्य नागरिकको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, “हामी सबैले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना अवश्य न्यूनीकरण हुन्छ ।”

सात दिनसम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत हजारौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको उल्लेख गर्दै उहाँले अब नागरिकले ट्राफिक नियम पालना गर्ने विश्वास व्यक्त गर्नु भयो ।

समापन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतनासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन्

आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.