• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

म्याग्दी- प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक-फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् ।

अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहनुभएका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुर्ख्यौली थलो म्याग्दीमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि होमिनु भएका पुनलाई उहाँको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोटलगायत ठाउँमा मतदाताले स्वस्फूत आर्थिक सहयोग गरेका छन् ।

“कतिपयले चुनाव जित्न मतदातालाई पैसा बाँडेको चर्चा हुने गरे पनि मलाई उल्टै मतदाताहरूले नै आर्थिक सहयोग गरिरहनुभएको छ”, चुनावी अभियानका क्रममा धवलागिरि गाउँपालिका–६ मराङमा पुगेका पुनले भन्नुभयो, “हालसम्म १५ लाख रुपैयाँ सहयोग पाएको छु । प्राप्त सहयोग रकमको हिसाब चुनावपछि सार्वजनिक गर्नेछु ।”

केही दिनअघि फरक-फरक पार्टीका दुई जना उम्मेदवारले एउटै मञ्चबाट मत मागेको अन्नपूर्ण–१ दोवामा शनिबार चुनावी प्रतिबद्धता पूरा गरेको जनाउँदै नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षका नेतृत्वमा स्थानीयवासीले तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वसांसद विनोद केसीलाई सम्मान गरेका छन् ।

एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)ले गत माघ २७ गते दोवामा मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएको थियो । सोही स्थानमा शनिबार नेकपाका उम्मेदवार अर्जुन थापालाई लिएर चुनाव प्रचारका लागि पुग्नुभएका २०७४ सालमा म्याग्दी १(क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडाध्यक्ष दिलीप गर्बुजाको नेतृत्वमा सम्मान गरेका हुन् ।

पूर्वसांसद केसीले २०७४ सालको चुनाव प्रचारका क्रममा दोवामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश सरकारमार्फत सुरु भई करिब पाँच करोड रुपैयाँ लगानीमा गत वर्ष सम्पन्न भएको दोवा खानेपानी योजनाबाट ४२२ घरपरिवार लाभान्वित भएका छन् ।

मतदानको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारहरूले एकै दिन तीनदेखि छ ठाउँमा चुनावीसभा र नेता, कार्यकर्ता टोलटोलमा पुगेर घरदैलो गर्न थालेपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । उम्मेदवारले घरदैलोदेखि सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका राजनीतिक विश्लेषक लक्ष्मण शर्माले बताउनुभयो ।

उहाँले राजनीतिक दलका उम्मेदवारहरूको साङ्गठनिक विरासत, विगतका कामको मूल्याङ्कन र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धाका रूपमा लिइएको बताउनुभयो । छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार ३९७ जना मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।

जिल्लाका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.