• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

वसन्तसँगै ढकमक्क फुल्यो सिमल

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

दुल्लु, फागुन १० गते । 
“लागे चैतका महिना उराठिला बन्,
सिमलको भुवा जस्तो उडिजाने मन”

लोकसाहित्य र लोकभाकामा सिमलको चर्चा बारम्बार हुने गरेको पाइन्छ। त्यस्तै जनगायक जीवन शर्मा को शब्द, संगीत र स्वरमा रहेको बहुचर्चित गीत, “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भइसक्यो असि, झन् ठुलो दुःखले घेरेको” ले पनि सिमलको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ।

शिशिर याममा उराठिलो देखिने वनजङ्गलका बिच सिमलले मनको उदासी चिर्दै आशा जगाउने प्रतीकका रूपमा स्थान पाएको छ। साहुको भारी बोकेर थकित भरियालाई सिमली छायाँले शीतलता दिने सन्दर्भदेखि सामाजिक बन्धन तोडेर सिमलको भुवाजस्तै उड्ने चाहनासम्म, सिमल चौताराको महत्व लोकगीत र साहित्यमा झल्किएको छ। सिमल खेत, सिमल गरा, सिमलटार, ठुटे सिमल, सिमलकुना लगायतका स्थाननामहरू पनि सिमलसँगै जोडिएका छन्।

बसन्त ऋतु नजिकिँदै जाँदा पहाडका थुम्कादेखि बेंसीका खोला–खोल्सासम्म राताम्य भएर ढकमक्क फुलेका अजंगका सिमलका रुख देखिन थालेका छन्। ठुला रुखमा फुल्ने राताम्य फूलले परिवेशलाई मनमोहक बनाइरहेका छन्। तराईका समथर भूभाग मात्र होइन, पहाडका गराहरू पनि सिन्दुरे बनेका छन्। त्यसैले सिमललाई ‘तराईको गुराँस’ भनेर पनि चिनिने गरिन्छ। बाक्लै सिमल भएका ठाउँमा यतिबेला फुल हेर्दै बसिरहूँजस्तो दृश्य देखिन्छ।

तर गाउँको पहिचान बनेका सिमलका रुखहरू पछिल्ला दिनमा विस्तारै घट्दै गएका छन्। रुखसँगै चराचुरुङ्गीका बासस्थान, तिनका चिरबिर र वन्य वातावरणसमेत घट्दै गएको देखिन्छ। सिमल अहिले काठ व्यवसायीको तारोमा परेको छ। यही गतिमा कटानी–फडानी भइरहेमा भविष्यमा सिमल गीतमा मात्र सीमित नहोला भन्न सकिन्न।

विशाल आकार, सुन्दर फूल, जडीबुटी गुण र पन्छीहरूको बासस्थानका हिसाबले सिमल अत्यन्त महत्त्वपूर्ण मानिन्छ। तर यसको प्रकार, गुण र सम्भावनाबारे खासै अध्ययन–अनुसन्धान भएको देखिँदैन। रातोबाहेक अन्य रङका सिमल पनि पाइन्छन्, यद्यपि ती विरलै भेटिन्छन्।

सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री वा कटन ट्री भनिन्छ। यसको फूलको बाहिरी आवरण गाढा खैरो–कालो रङको हुन्छ भने भित्रपट्टि गाढा रातो रङका पाँच पुष्पपत्र हुन्छन्। हल्का पहेंलो रङ मिसिएको फूल फुल्ने सिमल पनि पाइन्छ, तर यस्तो रुख दुर्लभ मानिन्छ। रातोबाहेक अन्य रङका सिमल औषधीय गुणका हिसाबले अझ उपयोगी मानिने गरिन्छ।

सिमलले बस्तीलाई सुन्दर बनाउनुका साथै विभिन्न चराचुरुङ्गीको आश्रयस्थलका रूपमा काम गर्छ। दुर्लभ मानिएका गिद्ध प्रजातिदेखि सुमधुर आवाजमा गाउने चरासम्म सिमलमा आश्रित हुन्छन्।

सिमलको भुवा, बीउ र फल मात्र होइन, पूरै रुख बहुउपयोगी छ। यसको दाना पशुचौपायाका लागि आहारका रूपमा प्रयोग हुन्छ भने मानिसले पनि तरकारीका रूपमा सेवन गर्न सक्छन्। सिमलको जराको पाउडरले पिसाबसम्बन्धी समस्या समाधान गर्न सहयोग पुर्‍याउने, काण्डको पाउडर दम र प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामा उपयोगी हुने, फूल र खोटो पेट दुख्ने तथा आउँ समस्यामा प्रयोग हुने जनविश्वास छ।

पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण सिमल संरक्षण, उत्पादन, प्रवद्र्धन र बजारीकरणसँग जोड्न सकिए वातावरण संरक्षणसँगै स्थानीय जीविकोपार्जनमा समेत टेवा पुग्ने देखिन्छ।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.