• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

वेस्ट इन्डिजलाई हराउदै भारत ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

काठमाडौं : सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ।सुपर एट ग्रुप वानको निर्णायक खेलमा विजय हात पार्दै आयोजक भारत अन्तिम चारमा पुग्ने चौथो टोली बनेको हो।

इडेन गार्डेनमा ६७ हजार घरेलु दर्शक अगाडि सामसनले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ५० बलको इनिङ्समा १२ चौका र ४ छक्का प्रहार गरेपछि भारतले १ सय ९६ रनको लक्ष्य ४ बल अगाडि नै १ सय ९९ रन बनाउँदै पूरा गरेको थियो।

अन्तिम ओभरमा विजयका लागि ७ चाहिने अवस्थामा सामसनले रोमारियो सेफर्डको बलमा क्रमशः छक्का र चौका प्रहार गरे।हारपछि वेस्ट इन्डिज भने बाहिरिएको छ। डिफेन्डिङ च्याम्पियन भारतले बिहीबार मुम्बईमा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

इंग्ल्यान्डले सुपर एट ग्रुप टुको सबै ३ खेल जितेको थियो। अर्को सेमिफाइनल बुधबार कोलकातामा दक्षिण अफ्रिका र न्युजिल्यान्डका बीच हुनेछ। फाइनल आइतबार अहमदाबादमा हुनेछ।

भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले अन्तिम ५ ओभरमा ७० रन जोड्दै ठूलो स्कोर बनाएको थियो। विजय लक्ष्य पछ्याउने क्रममा भारतले सुरुआती २ विकेट गुमाएको थियो । ओपनर अभिषेक शर्मा र इशान किसन दुवै समान १० रनमा आउट भए।

भारत ४५ रन बनाउँदा २ विके६ गुमाएको स्थितिमा रहेको समयमा सामसनले कप्तान सूर्यकुमार यादव १८ सँग तेस्रो विकेटमा ५८ रनको साझेदारी गरे।तिलक वर्माले १५ बलमा २७ रन बनाउँदै सामसनसँग मिलेर १५ ओभरमा भारतको स्कोरलाई १४१÷४ मा पुर्‍याए। हार्दिक पाण्ड्याले १७ रन जोडे।

यसअघि जेसन होल्डर र रोभमन पोवेलले पाँचौं विकेटमा ७६ रनको अविजित साझेदारी गरे। वेस्ट इन्डिजले टी–२० कप्तान रोई होपसँगै टेस्ट कप्तान रोस्टन चेजलाई ओपनिङमा पठाएर आश्चर्यजनक निर्णय गरेको थियो।

यी दुईले ९ ओभरभित्र पहिलो विकेटमा ६८ रन जोडे। होप ३३ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट भए। चेजले २५ बल खेली ५ चौका र १ छक्कासहित ४० रन जोडे।

सिमरन हेटमायरले १२ बल खेली १ चौका र २ छक्कासहित २७ रन बनाए। उनलाई जसप्रित बुमराहले आउट गरेसँगै भारत खेलमा हाबी भएको थियो। तर पोवेलले १९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ र होल्डरले २२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३७ रन बनाएर वेस्ट इन्डिजलाई राम्रो स्कोरमा पुर्‍याए। त्यस क्रममा भारतले क्रममा ३ क्याच छाडेको थियो।

आइतबार नै भएको अर्को खेलमा जिम्बावेका कप्तान सिकन्दर राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनलाई निस्तेज गर्दै दक्षिण अफ्रिकाले टी–२० विश्वकपको सुपर एट ग्रुप वानमा पाँच विकेटको जित निकालेको छ। सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्न अगाडि दक्षिण अफ्रिकाको अपराजित रहेर यो बलियो तयारी पनि रह्यो।जितका लागि १ सय ५४ रन पछ्याउने क्रममा दक्षिण अफ्रिकाले १७.५ ओभरमा विजयी लक्ष्य पूरा गर्‍यो।

सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.