• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

टी-२० विश्वकप : दक्षिण अफ्रिका र न्युजिल्याण्ड फाइनल प्रवेशका लागि भिड्दै

  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन २०
आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ।

जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो। यसअघि समूह डी मा भएको भेटमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो।

एडन मार्क्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिका प्रतियोगितामा अपराजित छ। समूह चरणमा शतप्रतिशत जितका साथ सुपर एट पुगेको दक्षिण अफ्रिकाले त्यसचरणको समूह १ भारत र वेस्ट इन्डिज जस्ता टोलीलाई फराकिलो अन्तरले हराउँदै अपराजित यात्रा कायम राख्यो।

भारतलाई ७६ रन र वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै उच्च मनोबल बनाएको दक्षिण अफ्रिकाको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ।

मिचेल स्यान्टनरको नेतृत्वमा रहेको किवी टोली यसपटक सुरुदेखि नै उत्कृष्ट फर्ममा देखिएको छ। समूह डी को उपविजेता बन्दै दोस्रो चरणमा पुगेको न्युजिल्याण्ड सुपर एटमा भाग्यशाली बन्यो। पाकिस्तानसँग समान ३–३ अंक बनाए पनि नेट रन रेटमा माथि रहँदै न्युजिल्याण्डले अन्तिम ४ मा स्थान बनाएको हो।

दबाबमा उत्कृष्ट प्रदर्शन गर्न माहिर किवी टोलीले सुपर एटको समूह २ मा घरेलु टोली श्रीलंकालाई ६१ रनले हराउनुनै सेमिफाइनल यात्राका लागि निर्णायक बन्यो

टी(२० मा फर्म्याटमा भएका यी दुईबीचको खेल हेर्दा दक्षिण अफ्रिकाको पल्ला भारी छ। यो ढाँचामा यी दुई टोलीबीच भएका १९ खेलमध्ये दक्षिण अफ्रिकाले १२ र न्युजिल्याण्डले ७ खेल जितेका छन्। टी–२० विश्वकपमा मात्र भएका ५ भेटमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन।

उत्कृष्ट प्रदर्शनका बाबजुद निर्णायक खेलमा पछि पर्दा क्रिकेट जगतका दुई अभागी टोली भनिने न्युजिल्याण्ड र दक्षिण अफ्रिकालाई यसपटक त्यो छवि सुधार गर्ने अवसर छ।

दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्। दक्षिण अफ्रिका गत संस्करण भारतसँग ७ रनले हार्दै उपविजेतामा सिमित हुँदा २०२१ मा अष्ट्रेलियासँग ८ विकेटले हार्दै न्युजिल्याण्ड उपविजेता बनेको थियो। दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.