काठमाडौं, फागुन २०
निर्वाचनको मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टी र तारा चिन्हबाहक उम्मेदवार बिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुठो सामग्रीप्रचार भएकोप्रती नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।
पार्टीका तर्फबाट केन्द्रीय कार्यालय सचिब गणेशमान पुनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
उनका अनुसार पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरि बनाइएका नक्कली भिडियो बन्द गराउन पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएकोमा आपत्ती जनाइएको छ । देश जलाउने, जे न जि युवाको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको सो पार्टीले जनाएको छ । यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भएको नेकपाको ठहर छ ।
बक्तब्य्मा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न आग्रह गरिएको छ । यश प्रकारका अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरिएको छ।
पुनले सत्य, तथ्य जाच र मतदाताको सचेत पहलले मात्र यस्ता भ्रमपुर्ण प्रचारलाई परास्त गर्न सकिने बताउँदै पार्टीका सबै समर्थक तथा शुभेच्छुकलाई यस्ता कुनै पनि झुठा प्रचारको तत्काल प्रतिकार गर्न तथा सधै सत्य र न्यायको पक्षमा उभिन आह्वान गरेका छन्।


