काठमाडौं, फागुन २४
नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहसग पराजित भएका छन् ।आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।
अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।
गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।
तपाईको प्रतिक्रिया


