• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

सरकार गठनको तयारीमा रास्वपा

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

काठमाडौँ, चैत ८ गते । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका  छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रहणसँगै संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीको शपथ हुने छ । संसदीय दलको नेता चयन र सरकार गठनबारे भइरहेको तयारीबारे गोरखापत्र दैनिकसँग कुराकानी गर्दै प्रवक्ता झाले भन्नुभयो, “सर्वप्रथम नवनिर्वाचित सांसदको शपथ लिने र त्यसलगत्तै संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी पार्टीको शीर्ष नेतृत्व तहमा छलफल, परामर्श भइरहेको छ ।” रास्वपा र तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच रास्वपाको सभापतिमा रवि लामिछाने र शाह वरिष्ठ नेता रहने सहमति भएको थियो ।

दुवै पक्षबिचको सातबुँदे सहमतिमा वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने सहमतिसहित पार्टी निर्वाचनमा होमिएको थियो । निर्वाचनमा असाधारण जनमत पाएको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई परिमार्जन गरी समय अनुकूल बनाउन लागिएको र आगामी केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गर्ने गरी तयारी भइरहेको पनि प्रवक्ता झाले जानकारी दिनुभयो ।

रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ । गत बिहीबार आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ ।

सङ्घीय संसद् सचिवालयले रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिसँग परामर्श गरी यही चैत १२ गते सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा शपथ गराउने जनाएको छ । सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारी भइरहेको छ ।

रास्वपाले आफ्नो सम्पूर्ण प्रक्रिया पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाहको शपथको प्रबन्धका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने गृहकार्य गरिरहेको छ । रास्वपा स्रोतका अनुसार बालेन्द्र शाहले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने र कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे मोटामोटी नामावलीसमेत तयार भइसकेको छ ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.