काठमाडौं, चैत्र १४
जेनजी आन्दोलन दमन गरेको आरोपमा नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गर्ने भएको छ।
मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी एक्सनमा उत्रिएको हो।
अहिले जरुरी पक्राउ पूर्जीसहित प्रहरी ओली निवास गुण्डु पुगेको छ। ओली निवास बाहिर अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
तपाईको प्रतिक्रिया



