काठमाडौं, चैत्र १४
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुञ्जेबाट शनिबार बिहान करिब ५:४० बजे नियन्त्रणमा लिएको हो।
जेन्जी प्रदर्शनका क्रममा गृहमन्त्री रहेका लेखक सोही घटनापछि विवादमा आएका थिए। भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको ज्यान गएपछि उनले त्यसै दिन पदबाट राजीनामा दिएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित सुरक्षा निकायका उच्च पदाधिकारीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सरकारले सो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक छलफल गरेका थिए। त्यसलगत्तै प्रहरीले लेखकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, उनलाई भक्तपुर सूर्यविनायक–५ स्थित निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदैछ।



