काठमाडौं — इण्डियन प्रिमियर लिग अन्तर्गत पन्जाब किंग्स ले गुजरात टाइटन्स लाई ३ विकेटले पराजित गर्दै सिजनको सुरुआत जितबाट गरेको छ।
१६३ रनको लक्ष्य पछ्याएको पन्जाबले ५ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो। जितका नायक बने कुपर कोनोली, जसले ४४ बलमा अविजित ७२ रनको उत्कृष्ट इनिङ खेले।
प्रभसिमरन सिंहले ३७ रनको योगदान दिँदा कप्तान श्रेयस अय्यर ले १८ रन जोडे। मध्यक्रममा केही विकेट चाँडै गुमाउँदा पन्जाब दबाबमा परेको थियो, तर अन्त्यमा कोनोलीले खेल सम्हाले।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। कप्तान शुभमन गिल ले सर्वाधिक ३९ रन बनाए भने जोस बटलर ले ३८ रनको योगदान दिए।
पन्जाबका लागि युजभेन्द्र चहल र विजयकुमार वैशकले उत्कृष्ट बलिङ गर्दै विपक्षीलाई रोक्न महत्त्वपूर्ण भूमिका खेले।जितसँगै पन्जाबले नयाँ सिजनमा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ।


