• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित

म्याग्दी , चैत्र १८ । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को चलन छ । चैत महिनाको उजेली मङ्गलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ ।

प्राकृतिक अनिष्टलाई पार लगाउन र प्रकृतिलाई खुसी बनाउनका लागि मगर समुदायले सांस्कृतिक उत्सवको रूपमा भूमे पूजालाई मनाउने गर्छन् । स्थानीयले अन्नबालीको उब्जनी राम्रो हुने र प्राकृतिक विपत्तिका घटना नहोस् भन्ने कामना गरी भूमे देवताको पूजाआजा गर्ने चलन रहेको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका बेगबहादुर पूर्जाले बताए ।

पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण ठाउँ भूमि भएकाले भूमिको सम्मान र देवीदेवतालाई खुसी बनाउन परम्परागत रूपमा चल्दै आएका भूमे पूजालाई निरन्तरता दिने गरिएको पूर्जाको भनाइ छ । बाँदुकको भूमे थानमा भूमे पूजा गर्दै गरेका पूर्जाले भूमेप्रतिको गढेको आस्था र विश्वासले हरेक वर्ष यसको महत्त्व बढ्दै गएको बताए ।

‘पूर्खादेखि नै भूमे पूजालाई महत्त्व दिँदै आइएको छ, शुभकार्यदेखि गाह्रो अप्ठ्यारो पर्दा हामीले भूमेलाई नै सम्झने गर्छौँ, हरेक वर्षको एक पटक जो जहाँ भए पनि भूमे पूजामा सामेल हुन गाउँ फर्कने चलन छ’’, पूर्जाले भने ।

स्थानीयले आफ्नो मनोकांक्षा पूरा गराउन भूमेलाई सम्झिएर भाकल गर्ने र पूजाको दिनमा आफूले गरेको भाकलको बलिदिएर भूमे देवतालाई खुसी बनाउने गरिन्छ । सिङ्गो गाउँका स्थानीय धोजापतका र नौमती बाजाका साथमा हर्षोउल्लाहससहित भूमे थानमा पुगेर आआफ्नो संस्कार तथा परम्पराअनुसार पूजा गर्ने गरिन्छ । मगर समुदायमा भूमे पूजालाई अन्य चाडपर्वभन्दा बढी महत्त्व दिएर देशका विभिन्न ठाउँ तथा विदेशमा पुगेका गाउँ फर्कने चलन रहेको बेगका वडा अध्यक्ष विलबहादुर फगामीले बताए ।

अध्यक्ष फगामीका अनुसार सांस्कृतिक उत्सवको रूपमा मनाइने भूमे पूजामा सहभागी हुन गाउँ फर्किएकाको जमघटले गाउँमा चहलपहल बढेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेका ठाउँहरूमा चैतदेखि जेठसम्म उजेली मङ्गलबार पारेर फरकफरक दिन भूमे पूजा हुँदै आएको छ । म्याग्दीको दोबामा भूमे पूजालाई परम्पराको निरन्तरता र मौलिकताको जगेर्ना गर्ने गरी मनाउने गरिएको छ । भूमे पूजासँगै सोरठी, यानीमाया, भैचसाइलोलगायत पुराना भाकाहरु गुञ्जिने र पुर्ख्यौली नाचहरु प्रदर्शन हुने भएकाले भूमे पूजाले सांस्कृतिक महत्त्व बोकेको दोवामा रहेको हातेमालो आमा समूहका अध्यक्ष बोमाया गर्बुजाले बताए ।

हरेक गाउँमा भूमे पूर्जाको दोस्रो दिन पुर्ख्यौली संस्कृतिको प्रदर्शनसँगै महिलाहरूले जात्रा देखाउने चलन रहेको छ । भूमे देवतालाई कोदो र चामलको विधिपूर्वक तयार गरिएको जाँड र छ्याङ मुख्य प्रसादको रूपमा चढाउने गरिन्छ । भाकल गरेकाहरूले आफ्नो मनोकांक्षा पूरा भएमा ठाउँअनुसार कुखुरा, बोका, साँढ, राँगालगायतको बली दिने चलन रहेको छ । भूमे पूजाको अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने भएकाले स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू भूमे पूजामा रमाउन पुग्ने गर्छन् । म्याग्दीको दग्नाम, दर्मिजा, चिमखोला, झिँ, पाखा पानीलगायतका ठाउँमा भूमे पूजालाई उत्सवको रूपमा मनाउने चलन छ ।

 

बुधबार, चैत १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.