काठमाडौं ।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले रिट खारेज गर्दै अब उनीहरूको म्याद थप नगर्न परमादेश जारी गरेको हो।
यसअघि दुवै जनाको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप गरिएको थियो। तर सर्वोच्चको पछिल्लो आदेशसँगै अब थप म्याद थप्न नमिल्ने भएको छ।
अदालतले दिएको निर्देशन अनुसार अब ५ दिनभित्र अनुसन्धानसम्बन्धी प्रक्रिया टुंग्याएर मुद्दा अदालतमा पेश गर्नुपर्नेछ।
यदि सो अवधिमा मुद्दा दायर नभएमा उनीहरूलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नुपर्ने अवस्था आउनेछ।
तपाईको प्रतिक्रिया



