काठमाडौं, चैत्र २५
जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अदालतले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दुवैजनाविरुद्ध पक्राउ पुर्जी लिएको जनाएको छ।
यद्यपि, पक्राउ पुर्जी जारी भए पनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेको कारण उनीहरूलाई पक्राउ गर्न सकिएको छैन।यस घटनासँगै उक्त प्रकरणले राजनीतिक तथा कानुनी क्षेत्रमै व्यापक चर्चा पाएको छ।
यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।
तपाईको प्रतिक्रिया


