• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

सिंहदरबारको पुनर्निर्माण जटिल

  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख ९ गते । दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको सिंहदरबारको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा जटिल र चुनौतीपूर्ण देखिएको छ । सिंहदरबारलाई दक्षिण एसियाकै उत्कृष्ट भौतिक संरचनाका रूपमा लिने गरिन्छ ।

भदौ २४ गते जेनजी प्रदर्शन क्रममा भएको आगजनीबाट भूकम्पभन्दा बढी क्षति पुगेका कारण पुनर्निर्माण जटिल र चुनौतीपूर्ण देखिएको हो । भूकम्पले सिंहदरबार भवनका संरचना भत्केको मात्र थियो तर आगजनीले खरानी नै पारेकाले त्यस्तो समस्या देखिएको हो । आगजनीले क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाभन्दा पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख ई. चक्रवर्ती कण्ठले भूकम्पको समयमा सिंहदरबारको संरचनामा तात्त्विक असर नपरेका कारण पुनर्निर्माण सहज भएको तर जेनजी प्रदर्शन क्रममा भएको आगजनीले संरचना जलेर खरानी बनेका कारण अहिले पुनर्निर्माण जटिल देखिएको बताउनुभयो । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमातहत सिंहदरबार भवनको मर्मतसम्भार तथा व्यवस्थापन हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “भूकम्पले सिंहदरबारमा अहिलेको भन्दा कम क्षति भएको थियो । संरचना भत्केको मात्र थियो । भवनको जोर्नी (ज्वाइन्ट) मा मात्र क्षति पुगेको थियो । भवनको संरचनामा तात्त्विक असर परेको थिएन, जसलाई पुनः जोड्न र ठड्याउन सजिलो थियो । तर अहिले प्रायः संरचना खरानी भइसकेका छन् । इँटालगायतका वस्तु डढेर अस्तित्वविहीन बनेका छन् भने कतिपय बाङ्गिएका छन् । त्यसै गरी भित्ता, छत, खम्बालगायतका संरचना खरानी बन्नुका साथै भूकम्पछिको पुनर्निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत जलेर नष्ट भएका छन् ।”

खरानी भइसकेका सामान, वस्तु वा संरचना पुनः जोड्न वा ठड्याउन अवश्यै कठिन र चुनौतीपूर्ण कार्य रहेको बताउँदै कार्यालय प्रमुख ई. कण्ठले अहिले सिंहदरबार पुनर्निर्माण भूकम्पपछिको भन्दा कैयौँ गुणा जटिल र खर्चिलो हुने देखिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सिंहदरबार ठडिएको देखिए पनि भित्र केही पनि बाँकी छैनन् ।”

पुरातात्त्विक महत्वका समान नष्ट

कार्यालय प्रमुख ई. कण्ठले आगजनीले सिंहदरबारको पश्चिमी मोहडाको भवनमा रहेका पुरातात्त्विक महत्वका सामग्रीसमेत जलेर नष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातात्त्विक महत्वका सामान भूकम्पबाट भएको क्षतिपछि पनि जोगाउन सफल भएको थियो । तर अहिले सबै जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यस्ता सामग्री भूकम्पको बेला भुइँमा झरेको मात्र थियो । केही फुटेका थिए तर अहिले त सबै खरानी भएका छन् ।”

उहाँका अनुसार काठका दलिन जलेर खरानी बन्दा बेलायती बैठक कक्षलगायतका कोठाको छत खसेका छन् भने सो कक्षमा बिछ्याइएको मुलुकको अहिलेसम्मकै सबैभन्दा चौडाइ भएको गलैँचा खरानी भएका छन् । विश्वको विभिन्न मुलुकबाट ल्याइएका उपहार, कलाकृति, पुराना फाटोग्राफी, राणाकालीन बहुमूल्य पियानो, विभिन्न कलाकृति कुँदिएका सिसा, पेन्टिङ र पुराना घडीलगायतका सामग्री नष्ट भएका छन् । उहाँले भन्नुभयो, “आगोले यति नराम्रो गरी डढेको छ कि अहिले सिंहदरबारभित्र कुनै संरचनाको अडेस वा समातेर उक्लिन सक्ने अवस्था छैन ।”

स्वरूपमा परिवर्तन नगरी पुनर्निर्माण

कठिन, चुनौतीपूर्ण र खर्चिलो भए पनि क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण सम्भव रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबार पुरातात्त्विक र ऐतिहासिक महत्वको सम्पदा रहेका कारण यसलाई भत्काउन मिल्दैन । त्यही भएर यसको पुनर्निर्माण (प्रबलीकरणै) गर्नुपर्ने छ । सिंहदरबारको पहिलेको स्वरूपमा परिवर्तन नहुने गरी पुनर्निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो ।

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक, युरोपमा विकास भएको ‘नियो क्लासिकल’ शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो । प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाउनुभएको थियो । वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित पाँचतले भवनका विशेषतः चार वटा महत्वपूर्ण भाग छन् । उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल (टोटल बुल्ट अप एरिया) १२ हजार ४६१.८१ वर्गमिटर छ ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.