• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

सीमाक्षेत्रका सडक नाजुक बन्दै

  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित

विराटनगर, वैशाख १६ गते । अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो । खास गरी औद्योगिक कच्चा पदार्थ र मेसिनरी ल्याउँदा सडकलाई धेरै भार पर्छ । त्यही भएर सडक विभागले भारवहन मापदण्डलाई कडाइ गरेको छ । त्यसै अनुसार विराटनगर भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेको भारतीय नम्बर प्लेट भएको मालवाहक सवारीलाई आइतबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चेकजाँच टोलीले रोक्यो । भारतीय नम्बर प्लेट भएको सवारीको भारवहन क्षमता (रजिस्टर क्यापासिटी–आरसी) गाडीसहित ५५ टन थियो । औद्योगिक कच्चा पदार्थ बोकेको उक्त मालवाहक सवारीको भार भन्सार जाँचपास विन्दुमा ८१ टन रहेको पाइयो ।

एकीकृत जाँचपास चौकी (आइसिपी) विराटनगरको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपाल टिआरएस लोजिपार्कले भन्सारविन्दुमा मालवाहक सवारीको वजन लिन्छ । यसका प्रतिनिधि लक्ष्मी सुब्बाका अनुसार मालवाहक सवारीसाधनको वजनका लागि एक सय टनको एउटा र ८०/८० टनका दुई वटा काँटा छन् । एउटा मालवाहक सवारीको वजन लिँदा २८५ रुपियाँ शुल्क लिने गरिएको छ । एक सय टनभन्दा माथिको भार भएका सवारी आएमा त्यसलाई पार्किङमा रोकेर भन्सारलाई जानकारी गराउने गरिएको छ । भन्सारविन्दुमा गाडीको कुल वजन (ग्रसवेट) खाली गाडीको वजन (टायरवेट) र मालवस्तुको वजन (नेटवेट) भनेर तीन वटा विवरण उल्लेख गरिएको हुन्छ । त्यसका आधारमा भन्सार कार्यालयबाट वस्तु हेरेर महसुल सङ्कलन हुन्छ । वजन बढी भएको भनेर कुनै पनि पैठारीकर्तालाई कारबाही गर्ने अधिकार नभएको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठको बुझाइ छ । “हामीले सहजीकरण गर्ने हो, फरक क्षेत्रको कानुन उल्लङ्घन भएको देखिएमा अनुरोध गर्ने तर कारबाही गर्ने अधिकार छैन,” श्रेष्ठले भन्नुभयो, “भन्सार जाँचपास गराएर बाहिरिएका सामान पुनः फर्काएर हामीसम्म ल्याउने बाटो हुन्न । फरक क्षेत्रको कानुन भन्सारपरिसरमै कार्यान्वयनमा ल्याउने भए ट्राफिक प्रहरी वा यातायात कार्यालयको एकाइ स्थापना गर्नुपर्ने हुन सक्छ ।”

आइतबार साँझ भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेर कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका लागि छुटेको उक्त मालवाहक सवारीलाई ट्राफिक प्रहरीले कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको थियो । त्यसका आधारमा उक्त सवारीलाई कारबाही गरिएको यातायात कार्यालय विराटनगरका प्रमुख गोपाल दाहालले जानकारी दिनुभयो । “हामीसँग अधिक भारवहन मालवाहक सवारीलाई जरिबाना भराउनेबाहेकको विकल्प छैन । त्यसका लागि भन्सारविन्दुमा कडाइ गर्नुपर्ने अवस्था छ,” दाहालले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार औद्योगिक कच्चा पदार्थ बोकेर आउने मालवाहक मात्रै हैन ट्याक्टरमा समेत सवारी भारवहनभन्दा बढी वजन पाइएपछि कारबाही गरिएको छ । चार टन क्षमताको ट्याक्टरमा साढे पाँच टन बोकेको पाइएपछि दुई हजार रुपियाँ जरिबाना भराइएको न्यौपानेले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने परिपत्र गरेपछि त्यसको कार्यान्वयन सुरु भएको छ । सडकको आयु र सुरक्षासँग जोडेर मालवाहक सवारीको भार नियन्त्रण गर्ने यो निर्णय कार्यान्वयनमा भने असजिलो देखिएको छ । अन्तरसरकारी निकायबिचको असजिलो मात्रै नभई उद्योगी व्यवसायीको पनि यसमा चित्त दुःखाइ छ ।  नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष तथा प्रिमियर वायर स्टिल उद्योगका सञ्चालक पवन शारडाका अनुसार भारत तथा तेस्रो मुलुकबाट सामान मगाउँदा त्यसको प्रकृति अनुसार फरक फरक भारका कन्टेनर हुन्छन् । औद्योगिक कच्चाको प्रकृति फरक र वजन पनि फरक पर्न सक्छ ।

उहाँका अनुसार फलाम उद्योग वा मार्बल उद्योगका लागि आएका कतिपय सामानको वजन एउटैको ६० टन हुन्छ । त्यसलाई टुक्र्याउने विकल्प न त उत्पत्ति हुने स्थानमा हुन्छ न त भन्सार विन्दुमा । त्यसबाहेक मेसिन नै ल्याउनुपर्ने स्थितिमा पनि वजन बढी हुन्छ । उद्योगी शारडाले भन्सारविन्दुबाट औद्योगिक क्षेत्रसम्म यस्ता सामान ल्याउन खुला गरेर औद्योगिक क्षेत्रबाट व्यापारिक वा अर्को उद्योगसम्म जाने मालवाहक सवारीका हकमा मात्रै यो नियम लागु गर्नु उचित हुने सुझाव रहेको बताउनुभयो ।

अर्कातर्फ मालवाहक सवारीका हकमा समेत यो नियम एकीकृत रूपमा कार्यान्वयन गराउन असहज रहेको सरोकारवालाको भनाइ छ । विराटनगर ट्रक यातायात सङ्घका अध्यक्ष सञ्जीव सिग्देलका अनुसार यातायात व्यवस्था विभागले जिभिडब्लु (ग्रस भेइकल वेट) अनुसार मात्रै सामान लोड गर्न भनेको छ । यो भनेको गाडी र सामानको वजन अनुसार गर्नु भन्ने हो । सवारीको अनुमति दिँदा विभागले दुई मापदण्ड अनुसार स्वीकृति दिएको सिग्देलको भनाइ छ ।

बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.