काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लामो समयदेखि विद्यार्थी राजनीति र कर्मचारीतन्त्रमा भएको पार्टीकरणले राज्य प्रणालीलाई कमजोर बनाएको बताएका छन्। उनका अनुसार यसले सुशासन, कार्यक्षमता र निष्पक्षतामा गम्भीर असर पारेको छ।
प्रधानमन्त्री शाहले पत्रकार, सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट उठ्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यस्तो विकृति अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए। अब शिक्षालयमा दलका झण्डा प्रयोग गर्ने र कर्मचारीतन्त्रमा राजनीतिक झुकाव देखाउने कार्य पूर्ण रूपमा निषेध गरिने उनले स्पष्ट पारे।
उनका अनुसार यो कदमले सार्वजनिक संस्थाहरूलाई निष्पक्ष, जिम्मेवार र व्यावसायिक बनाउने विश्वास लिइएको छ।



