• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह

  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।

गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘‘पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ । गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् । तपाईंहरूको सिर्जनात्मक कार्यले नै समृद्ध नेपालको सपना साकार पार्न बल पुग्ने छ ।’’

शुभकामनाको पूर्णपाठ यस प्रकार छ :

नेपाली पत्रकारिताको जीवन्त इतिहास र हाम्रो गौरवशाली राष्ट्रिय सम्पदा गोरखापत्र १२५ वर्षको ऐतिहासिक यात्रा पूरा गरी १२६ औं वर्षमा प्रवेश गरेको तथा गोरखापत्र संस्थानले आफ्नो ६४ औं वार्षिकोत्सव मनाउन लागेको यस विशेष उपलक्ष्यमा संस्थान परिवार, पत्रकार, कर्मचारी एवम् सम्पूर्ण पाठकमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आजको युग परिवर्तनको युग हो । जेन्जी (Gen Z) आन्दोलनले स्थापित गरेको नवीन चेतना र सुशासनको भोकलाई आत्मसात् गर्दै वर्तमान सरकारले समृद्ध नेपालको जग बसाल्ने सङ्कल्प लिएको छ । हामीले सरकारको ‘सय दिनको सय बुँदे मार्गचित्र’ सार्वजनिक गरी नतिजामुखी कामहरू अगाडि बढाइरहेका छौं । यो सन्दर्भमा गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘सुशासन’ विशेषाङ्क प्रकाशन गर्न लागेकोमा मलाई निकै खुसी लागेको छ । सुशासन केवल नारा मात्र होइन, यो डेलिभरी र पारदर्शिताको कडा मानक हो भन्ने सन्देश यस विशेषाङ्गले दिने मेरो विश्वास छ ।

वि.सं. १९५८ बाट सुरु भएको गोरखापत्रको यात्रा केवल सूचना प्रवाहमा मात्र सीमित छैन, यो नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको साक्षी पनि हो । राणाकालदेखि आजको डिजिटल युगसम्म आउँदा गोरखापत्रले आफूलाई समयको पदचापसँगै परिवर्तन गरेको छ । ४९ राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरेर यसले समावेशी नेपालको वास्तविक तस्बिर संसारलाई देखाएको छ ।

आजको डिजिटल युगमा गोरखापत्र अनलाइन, राइजिङ नेपाल अनलाइन सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत विश्वभरका नेपालीलाई जोडिरहनु संस्थानको प्रशंसनीय कार्य हो । प्रविधिले सूचनाको गति बढाएको छ, तर यो गतिसँगै ‘सत्यता’ र ‘विश्वसनीयता’ जोगाउनु आजको प्रमुख चुनौती हो । गोरखापत्रले सधैँ सरकार र जनताबिच पुलको काम गर्दै सत्य र न्यायको पक्षमा आफ्नो कलम चलाइरहनेछ भन्ने मेरो दृढ विश्वास छ ।

अन्त्यमा, पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ । गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् । तपाईंहरूको सिर्जनात्मक कार्यले नै समृद्ध नेपालको सपना साकार पार्न बल पुग्ने छ ।

सबैलाई पुनः हार्दिक बधाई र शुभकामना !

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.