काठमाडौं, बैशाख २४
नेपालको न्यायिक क्षेत्रमा नयाँ अभ्यासको संकेत गर्दै संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ।
आज बसेको परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा अघि बढाएको हो। उनी सर्वोच्च अदालतमा रोलक्रमअनुसार चौथो वरियतामा रहेका न्यायाधीश हुन्। यससँगै नेपालमा पहिलोपटक वरिष्ठतम् न्यायाधीशलाई छाडेर अन्य न्यायाधीश प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन्।
यसअघिसम्म न्यायपालिकामा वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश चयन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक उक्त अभ्यास तोडिएको छ, जसलाई न्यायिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मनोज शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त हुनेछन्।
तपाईको प्रतिक्रिया


