भरतपुर , बैशाख २५ । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा बिहानै सुक्खा पहिरो झरेपछि सडक दुुवैतर्फ अवरुद्ध भएको हो।
सडक बन्द भएपछि सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो ठूलो परिमाणमा खसेकाले तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ।
प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले डोजरसहित पहिरो हटाउने काम सुरु गरेको जनाएको छ। मौसम सफा रहेकाले केही समयभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
तपाईको प्रतिक्रिया


