• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदको माग

  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।

खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उहाँहरूले माग गर्नुभएको हो ।

सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताउनुभयो । उहाँले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गर्नुभयो । यो सडकमा बढ्दो सवारी दुर्घटनामा भएको मानवीय क्षति घटाउनुपर्ने उहाँको सुझाव थियो ।

सांसद लिमा अधिकारी आचार्यले ग्रामीण क्षेत्रहरू क्रमशः रित्तिँदै गएकाले नेपालको सौन्दर्यलाई उपयोग गर्दै पर्यटकलाई भित्र्याएर काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सांसद लेखजङ्ग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि हालसम्म प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा लगानी खेर गएको दुखेसो गर्नुभयो ।

सांसद विष्णुमाया विकले अन्तरजातीय विवाहका कारण सिन्धुलीका एक दलित युवकको निधन भएको घटनाप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिवशङ्कर यादवले छोटी भन्सार बन्द हुँदा तराई मधेशका जिल्लामा समस्या भएको बताउनुभयो । सांसद श्रद्धा कुँवर क्षेत्रीले डिजिटल प्लेटफर्मलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेकामा धन्यवाद दिनुभयो ।

सांसद श्रीधर पोखरेलले बर्दियामा वन्यजन्तुको आक्रमणका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको पीडा सुनाउनुभयो । सांसद सन्दीप रानाले वर्षायाम सुरु भएकाले पाल्पाको सडक पूर्वाधारमा समस्या हुने भएकाले तत्काल पूर्वतयारीको काम थाल्न आग्रह गर्नुभयो ।

सांसद समीना मियाँले स्वास्थ्य क्षेत्रको प्रमुख जनशक्तिका रूपमा रहेका नर्सलाई न्यूनतम पारिश्रमिक व्यवस्था गर्न र सुरक्षाको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद समीक्षा बाँस्कोटाले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीको जगर्नो गर्न माग गर्नुभयो ।

सांसद सरस्वती लामाले धादिङ–सोम्ताङ सडक निर्माण सुरु भएको लामो समय भए पनि हालसम्म प्रभावकारी निर्माण हुन नसकेकामा गुनासो गर्नुभयो ।

सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई देशभित्रै सहज रूपमा परीक्षणको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद साजिता खातुन सिद्धिकीले २४ घण्टाको सूचना दिएर सुकुमवासी बस्ती खाली गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समस्यामा परेका बताउनुभयो ।

सांसद सीताराम साहले तराई मधेसमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सिर्जना श्रेष्ठले राज्यलाई कर तिर्ने र रोजगारी उपलब्ध गराउने निजी क्षेत्र क्रमशः हतोत्साही बन्दै गएकाले तत्काल लगानीमैत्री वातावरण बनाउन माग गर्नुभयो ।

सांसद सीता थपलियाले शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन माग गर्नुभयो । सांसद सुनिताकुमारी चौधरीले निषाद समुदाय राजनीतिक, सामाजिक, आर्थिक अवस्था कमजोर अवस्थामा रहेकाले उनीहरूलाई जनजाति समुदायमा सूचीकृत गर्न माग गर्नुभयो ।

सांसद सुरेशकुमार चौधरीले बाँके जिल्ला सुगम मानिए पनि विभिन्न स्थानमा विकासका कुनै पनि पूर्वाधार छैन भन्नुभयो । सांसद सुशान्त वैदिकले सुशासन र समृद्धिका लागि जेनजीले दिएको बलिदानको स्मरण गर्नुभयो । उहाँले प्राकृतिक र मानव सिर्जित विपद्को रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुशीलकुमार कानुले वीरगन्जमा व्यापार व्यवसाय प्रभावकारी हुन नसकेको र जनताको गुनासो सम्बोधन हुन नसकेको बताउनुभयो । सांसद सुशील खड्काले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकीको अत्यधिक दोहन भइरहेकाले तत्काल त्यो नियन्त्रणको माग गर्नुभयो ।

सांसद सुशीला ढकाल आचार्यले सुकुमवासी बस्तीमा डोजर चल्दा सयौँका सपना चकनाचुर भएका गुनासो गर्नुभयो । सांसद सुहाङ नेम्बाङले नेपालमा चियाखेतीको इतिहास लामो भए पनि चिया निर्यात पछिल्ला दिनमा ठप्प भएकाले तत्काल समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

सांसद सृष्टि भट्टराईले जेनजी आन्दोलमा सहभागी भएकै आधारमा अझैसम्म पनि गलत तरिकाले पक्राउ गरी दुःख दिने काम भइरहेको बताउनुभयो ।

सांसद स्मृति सेञ्चुरीले लामो समयदेखि म्याग्नेसाइट उद्योग अलपत्र परेको गुनासो गर्नुभयो । यसैगरी, सांसदहरु सुम्निमा उदास, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल, ज्ञानु पौडेल, ज्ञानेन्द्रसिंह मेहता, क्षितिज थेवेले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.