• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रकोप बन्दै नसर्ने रोग

  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ ९ गते । नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ । मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी समस्याका कारण मृत्यु हुनेको सङ्ख्या वृद्धि भएको छ । अस्पतालमा उपचार गराउन आउनेमध्ये अधिकांश नसर्ने रोगसँग सम्बन्धित हुने गर्छन् । प्रत्येक पाँच वर्षमा हुने जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नसर्ने रोग बढ्दै गएको देखाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार उच्च रक्तचाप, मोटोपना तथा जीवनशैलीजन्य रोगको समस्या उल्लेखनीय रूपमा बढ्दो अवस्थामा पुगेको छ । सर्वेक्षण अनुसार विशेष गरी महिलामा मोटोपना तथा बढी तौलको समस्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०१६ मा २२.२ प्रतिशत रहेको मोटोपना तथा बढी तौलको दर सन् २०२२ मा बढेर २९ प्रतिशत पुगेको छ । बदलिँदो खानपान, शारीरिक श्रमको कमी, पत्रुखाना (जङ्क फुड) को बढ्दो प्रयोग तथा सहरी जीवनशैली यसको मुख्य कारण हो । यस्तै उच्च रक्तचापको समस्या पनि नेपालमा तीव्र रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०१६ मा पाँच प्रतिशत महिलामा उच्च रक्तचाप देखिएकोमा सन् २०२२ मा यो दर बढेर ९.६ प्रतिशत पुगेको छ ।

नेपाल एनसिडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप, मुटुरोग, पक्षाघात, मिर्गौला रोग तथा अन्य दीर्घ स्वास्थ्य समस्याको प्रमुख कारण बन्ने भएकाले यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइएको जानकारी दिनुभयो । धूमपान, मदिरा सेवन, शारीरिक गतिविधिको कमी र अस्वस्थकर खानपानलाई नसर्ने रोगका प्रमुख जोखिम कारकका रूपमा औँल्याइएको उहाँले बताउनुभयो ।

उहाँले युवापुस्तामा फास्टफुडको प्रयोग, लामो समयसम्म बसिरहने बानी तथा व्यायामप्रतिको बेवास्ताले स्वास्थ्य जोखिम बढाइरहेको जानकारी दिनुभयो । सहरीकरण बढ्दै जाँदा मानिसको दैनिक जीवनशैलीमा ठुलो परिवर्तन आएको छ, डा. रेग्मीले भन्नुभयो, “परम्परागत खानपान र शारीरिक श्रममा आधारित जीवनशैली क्रमशः घट्दै जानु र प्रशोधित खाना, चिल्लो पदार्थ र चिनीजन्य खानेकुराको प्रयोग बढ्दो क्रममा रहेको छ ।”

स्वास्थ्य सर्वेक्षणमा मानसिक स्वास्थ्य, दुर्घटना, अपाङ्गता, धूमपान तथा रक्तचापसम्बन्धी सूचकलाई पनि समावेश गरिएको छ । मानसिक स्वास्थ्य समस्या पनि पछिल्ला वर्षमा बढ्दो क्रममा रहेको अध्ययनले सङ्केत गरेको छ ।

प्रदेशतर्फ बागमती र गण्डकी प्रदेशमा मोटोपना तथा उच्च रक्तचापको समस्या तुलनात्मक रूपमा बढी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सहरी जीवनशैली, तनाव, कम शारीरिक गतिविधि तथा खानपानको परिवर्तनले यी प्रदेशमा नसर्ने रोगको जोखिम बढाएको जानकारी दिनुभयो ।

नेपालमा सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेकोमा हाल यो सङ्ख्या बढेर ७१ प्रतिशत पुगेको छ । सन् २०१९ मा गरिएको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगका कारण मृत्यु हुने गरेको छ ।

शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.