• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

द्रुतमार्ग निर्माणमा ढिलाइ

  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ १० गते । बहुप्रतीक्षित काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना निर्धारित समय (२०८३ चैत मसान्त) भित्र सम्पन्न नहुने भएको छ । मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत सो आयोजना निर्माणको निर्धारित समय करिब ११ महिना बाँकी रहँदा आधाभन्दा बढी काम बाँकी रहेका छन् ।

२०८२ चैत मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४६.८८ प्रतिशत र वित्तीय प्रगति ४६.५२ प्रतिशत पुगेको छ । दोस्रो पटक थपिएको म्याद (२०८३ चैत) सम्म अब निकै कम समय बाँकी रहँदा करिब ५३ प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठुलो चुनौती देखिएको छ । निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि तीन वर्ष बढाउने गृहकार्य अगाडि बढाइएको छ, जसले गर्दा द्रुतमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ ।

राष्ट्रिय योजना आयोगका सूचना अधिकारी डा. दिवाकर लुइँटेलले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजना २०८५ सालसम्म सकिने देखिएको बताउनुभयो । २०८५ सालसम्म दुई लेन भए पनि द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई कुनै आग्रह वा निर्देशन दिइएको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “आग्रह अनुरोध भन्दा पनि सेनाको कार्यव्रmमको

‘प्लान अफ एक्सन’ मै २०८५/८६ सम्म सकिने भनिएको छ । नेपाली सेनाको आशय २०८५/८६ सम्म देखिएको छ ।’’ अहिले आयोजनाको भौतिक प्रगति जे जति देखिए पनि धेरैजसो आधारभूत (बेस) काम भइसकेको हुनाले अब बाँकी काम फटाफट हुने उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले दुई लेनको भए पनि २०८५ सालसम्म द्रुतमार्गको निर्माण होस् भन्ने सरकारको मनसाय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनसाय चाहिँ हो तर त्यस्तो निर्देशन चाहिँ केही दिइएको छैन । यस सम्बन्धमा छलफल मात्र भएको हो । औपचारिक केही पनि भएको छैन । हामीले यो आन्तरिक कुरा गरेका हौँ ।” उहाँले निर्धारित समय (२०८३ चैत मसान्त) सम्म कुनै पनि हालतमा द्रुतमार्ग निर्माण सम्पन्न हुन नसक्ने स्पष्ट पार्नुभयो ।

काठमाडौँतिरबाट आयोजनाको प्रस्थानबिन्दु मानिएको खोकना–बुङ्मती क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय बर्सौंदेखि समाधान हुन नसक्दा सो द्रुतमार्गको काम अपेक्षित रूपमा अगाडि बढाउन नसकिएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाको भनाइ छ । कठिन भौगोलिक बनावट, वन क्षेत्रको रुख कटानमा प्रव्रिmयागत ढिलाइ र वैदेशिक ठेकेदार कम्पनीहरूको व्यवस्थापकीय कमजोरीका कारणसमेत आयोजनाको भौतिक प्रगतिमा आशातीत सुधार हुन नसकेको सेनाको दाबी छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले द्रुतमार्ग आयोजनाको मुख्य समस्या भनेको आयोजनाको प्रस्थानबिन्दुमा जग्गा अधिग्रहणको विषय टुङ्ग्याउन बाँकी रहेको बताउनुभयो । जग्गा अधिग्रहणको समस्या समाधान प्रव्रिmयामा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुख्य समस्या आयोजनाको प्रस्थानबिन्दुको जग्गा अधिग्रहण र मुआब्जा वितरण बाँकी हुनु नै छ ।” त्यसै गरी प्राकृतिक प्रकोपलगायत कारणले बेला बेलामा आउने गरेको आयोजनाको मार्ग परिवर्तन (एलाइमेन्ट चेन्ज) को विषयले समेत केही ढिलाइ हुने गरेको उहाँले बताउनुभयो ।

यो अन्तर्राष्ट्रिय किसिमको सडक भएको हुनाले यसको निर्माण पनि विशिष्ट किसिमको नै गर्नुपर्ने बताउँदै प्रवक्ता बस्नेतले द्रुतमार्ग निर्माणको ‘स्ट्यान्डर्ड, राइट अफ–वे, वाल प्रोटेक्सन’ का लागि गर्नुपर्ने विशेष किसिमको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार ‘वाल प्रोटेक्सन’ का लागि एउटा डन्डी ३० मिटरसम्म भितामा छिराउनुपर्ने हुन्छ । त्यसै गरी जमिनी हालत पनि फरक किसिमको भएको हुनाले बेला बेलामा आउने गरेका विपत्का घटनाले समेत काम अवरुद्ध हुने गरेको उहाँको भनाइ छ ।

नेपाली सेनाले २०७४ सालमा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाए पनि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेर वास्तविक निर्माण कार्य २०७८ जेठबाट मात्रै सुरु भएको नेपाली सेनाको भनाइ छ । सेनाका अनुसार जम्मा ८९ स्थानका पुलमध्ये ५६ स्थानका पुलहरूको फाउन्डेसन, ३८ स्थानका पुलको सब स्ट्रक्चर र १६ स्थानका पुलको सुपर स्ट्रक्चरको कार्य सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलमध्ये ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको तथा बाँकी चार स्थानका पुलमा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको छ । ती खोकना खण्डमा अवस्थित छन् ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.