• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

फिर्केखोला १२ गतेभित्र अतिक्रमणमुक्त बनाइने

  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित

लेखनाथ, जेठ ११ गते । पोखरा महानगरपालिकाको मध्यभाग हुँदै बग्ने फिर्केखोलालाई मङ्गलबारभित्र अतिक्रमणमुक्त बनाइने भएको छ । महानगरका आठ वडा हुँदै बग्ने करिब ६ किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र (खोलाघर) मा बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको हो ।

पहिलो दिन आइतबार खोलाघर क्षेत्रमा रहेका आठ स्थायी र १२ अस्थायी गरी २० वटा संरचना हटाइएको छ । २०८० सालमा महानगरको अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार फिर्केखोलाको बहाव क्षेत्रमा १६० वटा संरचना रहेका छन् ।

नगरप्रमुख धनराज आचार्यले मङ्गलबारसम्म खोलाघर खाली गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फिर्केखोला अतिक्रमण हटाउने अभियानअन्तर्गत आइतबार तीन स्थानबाट संरचना हटाउन थालिएको छ । सोमबारदेखि थप जनशक्ति र उपकरण परिचालन गरी दुई दिनभित्र संरचना हटाइसक्ने लक्ष्य छ ।”

संरचना हटाउने क्रममा खोलाको प्राकृतिक बहावमा अवरोध नहोस् भनेर विशेष प्राविधिक टोलीसमेत परिचालन गरिएको छ । टोलीले पुरिएका वा जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक रणनीति तयार पार्ने नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।

महानगरपालिका–१८ को अधेरीकुना मुहान भएको फिर्केखोलामाथि विभिन्न स्थानमा संरचना निर्माण गरिएकाले कतिपय ठाउँमा खोला भएको आभाससमेत हुँदैन । वडा नं. २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलामा तालभन्दा करिब एक किलोमिटरमाथि बिलौदी खोला पनि मिसिन्छ ।

पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन दिएको ३५ दिने म्याद शनिबार सकिएपछि आइतबार बिहानदेखि डोजर चलाइएको हो । पहिलो चरणमा खोलाको बहाव क्षेत्र खाली गरिने र दोस्रो चरणमा मापदण्डभित्रका संरचना हटाइने तयारी गरिएको छ । हाल फिर्केखोलाको मापदण्ड किनाराबाट दुवैतर्फ ६ मिटर कायम गरिएको छ ।

खोलाघर क्षेत्रमा रहेका सुकुम्बासीहरूको व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलनसमेत भइसकेको महानगरले जनाएको छ । अहिले पनि फिर्केखोलाको मुहान अधेरीकुनामा स्थानीयले अँजुलीले उबाएर पानी खाने गर्छन् । तर, महानगरका आठ वडा पार गर्दै फेवातालमा पुग्दा फिर्केखोला ढलमा रूपान्तरण हुने गरेको छ ।

अतिक्रमण र प्रदूषण हटाएर सौन्दर्यकरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिर्के करिडोर निर्माण गर्ने योजना महानगरको छ । खोलाको दायाँ–बायाँ धेरै स्थानमा सडक रहेकाले पैदलमार्ग, साइकल लेन तथा साना पार्क निर्माण गर्ने योजना बनाइएको छ ।

२०८१ सालमा फिर्केखोलाको नापजाँच गर्ने क्रममा करिडोरको डिजाइनसमेत तयार भइसकेको छ । फिर्के करिडोर निर्माणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता एसियाली विकास बैंकले जनाएको थियो ।

फिर्केखोला खाली गर्ने विषयमा सूचना प्रकाशन भएपछि अदालतमा मुद्दा परेकाले काम रोकिएको थियो । अदालतले महानगरपालिकाको पक्षमा फैसला गरेपछि अहिले पुनः अभियान सुरु गरिएको हो ।

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.