• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

उच्च गर्मी, छैन पानी

  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित

धनगढी, जेठ १२ गते । वासुदेव राना धनगढीको एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । बिहान साढे ६ बजेदेखि सुरु भएको विद्यालय ठ्याक्कै घाम चर्केको बेला साढे १२ बजे छुट्छ । त्यसबेला वासुदेवलाई घर फर्कन हम्मे नै पर्छ ।

“विद्यालयमा पनि गर्मीले कोठाभित्र कठिन हुन्छ । पढाइमा ध्यानै जान्न,” विद्यालयबाट घर फर्कने बेला रुखको छहारीमुनि सुस्ताइरहेको अवस्थामा भेटिएका उहाँले भन्नुभयो, “घर पुग्दासम्म पसिनाले पूरै भिजिन्छ ।” वासुदेव जस्तै कैलालीमा हजारौँ विद्यार्थी चर्को घामसँग जुझ्दै घर फर्कने गरेका छन् । उनीहरू कोही छाता ओढेर त कोही झोला, किताब टाउकोमा राखेर घर फर्किरहेका देखिन्छन् । केही दिनयताको प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ । गर्मीले विद्यार्थीको पठनपाठनमा मात्रै नभई मानिसका दैनिक कामकाजसमेत प्रभावित भइरहेका छन् ।

चर्को गर्मीका बेला काम गर्न गाह्रो हुने गरेको राजमिस्त्री प्रदीप चौधरीले बताउनुभयो । उहाँले घाममा काम गर्दा बान्ता हुने, रिँगटा लाग्ने, कमजोर महसुस हुने जस्ता समस्या हुने गरेको उल्लेख गर्नुभयो । “घाममा काम गर्दा झन्डै बिरामी परिन्छ,” उहाँले भन्नुभयो, “राम्ररी कामै गर्न सकिन्न ।”

चर्को गर्मीसँगै तराईवासीले पानीको समस्या पनि भोगिरहेका छन् । सुक्खा लागेसँगै भूमिगत जलस्रोत सुक्न थालेको छ । बोरिङ, चापाकल र धारा सुकेर खानेपानीकै समस्या भइरहेको स्थानीयवासी बताउँछन् । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीमा यस वर्षकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ । अपराह्न ५ बजेसम्म ४१.४ डिग्री सेल्सियस तापक्रम मापन भएको सो कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभयो । “यो किसिमको गर्मीबाट हामी अत्यन्तै सचेत हुनु पर्छ,” उहाँले भन्नुभयो, “अझै गर्मी बढ्दै जाने देखिन्छ ।”

साहका अनुसार केही दिनयता कैलालीसहित तराईमा तातो लहर (हिट वेभ) चलिरहेको छ । तातो लहरका कारण भारतमा कैयौँले ज्यानसमेत गुमाइसकेकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढ्न थालेको छ । हरेक सिजनमा सिजन अनुसारका बिरामी बढ्ने गरेको जनाउँदै सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले गर्मीमा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीको विशेष ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । “गर्मीमा यी वर्गका व्यक्तिको शरीरले तापक्रमको सन्तुलन मिलाउन नसक्ने भएकाले बढी असर हुन्छ,” उहाँले भन्नुभयो, “गर्मीले श्वासप्रश्वाससम्बन्धी रोग र दीर्घरोग बढाउँछ ।”

अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्ने, तालिम गर्ने व्यक्तिलाई ‘हिट स्ट्रोक’ हुने सम्भावना बढी रहेका कारण अत्यधिक तापक्रममा काम गर्दा विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । ‘हिट स्ट्रोक’ भएमा शरीरको विभिन्न अङ्गले काम गर्न छाड्ने गरेकाले ज्यान जाने खतरा पनि रहने गरेको बताइएको छ । यसै गरी चर्को घामले रगतसम्बन्धी समस्या भएका सिकलसेलका बिरामीलाई अत्यधिक असर गर्ने गरेको जनाइएको छ । गर्मीबाट जोगिन लामो समयसम्म घाममा काम नगर्ने/नबस्ने, खानपानमा ध्यान दिनुपर्ने ठिक मात्रामा पानी

वा झोलिलो पदार्थ (चिनीजन्य पेय पदार्थबाहेक)खानुपर्ने डा. कमरको सुझाव छ । उहाँले सामान्य मानिसले दैनिक दुईदेखि तीन लिटर र मुटु, मिर्गाैलाका बिरामीले चिकित्सकको सल्लाह अनुसार ठिक मात्रामा पानी पिउनुपर्ने औँल्याउनुभयो । यसै गरी गर्मी सिजनसँगै सर्पको बिगबिगी बढेको र विषालु सर्पले टोकेका बिरामी धेरै आउन थालेकाले सर्पको टोकाइबाट जोगिने उपाय अपनाउन पनि डा. कमरको आग्रह छ । “सर्पले टोकेको थाहा भएमा तुरुन्तै एन्टी स्नेक भेनम पाइने अस्पतालमा उपचारका लागि ल्याउनु पर्छ,” उहाँले भन्नुभयो ।

एक साताका लागि विद्यालय बन्द 

कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द रहने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै यहाँस्थित सामुदायिक तथा निजी विद्यालय एक साताका लागि बन्द हुने ती नगरपालिकाले जनाएका हुन् ।

शुक्लाफाँटा, भीमदत्त र कृष्णपुर नगरपालिकाले एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको उल्लेख छ ।

त्यसै गरी जेठ १४ गते बिहीबारका दिन बकर इद तथा १५ गते शुक्रबार गणतन्त्र दिवसको सार्वजनिक बिदा रहने छ । त्यसपछि १६ र १७ गते दुई दिन शनिबार र आइतबार लगातार बिदा छ । योसँगै भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विद्यालयमा एक साता सार्वजनिक बिदा हुने भएको हो । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले लामो बिदाबाट कट्टी हुने गरी स्थानीय बिदा दिइएको बताउनुभयो ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.