काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्।
नयाँ दिल्ली पुगेका लामिछाने र उनको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए।
भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत पुगेका लामिछानेले भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
उनको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
सभापति लामिछाने जेठ २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया


