• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

विकास पुगे पनि रित्तिँदै गाउँ

  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

अर्घाखाँची, जेठ २४ गते । अर्घाखाँचीका गाउँहरूमा अहिले पक्की सडक बनेका छन् । अधिकांश घरमा बिजुली, खानेपानी र इन्टरनेट सुविधा उपलब्ध छ । गाउँमै माध्यमिक तहसम्मका विद्यालय, आधारभूत स्वास्थ्य सेवा र यातायातको पहुँच विस्तार भएको छ । ट्याक्सी घरका आँगनसम्म पुग्ने अवस्था बनेपछि लामो समय विकासबाट टाढा रहेका बस्तीहरू आधुनिक सुविधाले भरिन थालेका छन् ।

प्रविधिको पहुँचले गाउँको जीवनशैली पनि फेरिएको छ । वृद्धवृद्धादेखि युवकयुवतीसम्मका हातमा स्मार्टफोन छन् । विदेश वा सहरमा रहेका आफन्तसँग भिडियोकलमार्फत सहज सम्पर्क हुने गरेको छ । बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधासम्पन्न र व्यवस्थित देखिन्छन् । तर विकासको यही चमकभित्र अर्को पीडादायी यथार्थ लुकेको छ– गाउँ क्रमशः रित्तिँदै छन् । मलिला खेतबारी बाँझिन थालेका छन् । घरहरू सुनसान मात्रै होइन, भग्नावशेषमा परिणत हुन थालेका छन् ।

तीव्र बसाइँसराइका कारण जिल्लामा खेतीयोग्य जमिन बाँझिने व्रmम बढ्दो छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार पछिल्लो दशकमा मात्रै सात हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको जिल्लामा अहिले जम्मा २१ हजार २४७ हेक्टर जमिनमा मात्र खेती भइरहेको तथ्याङ्क छ । २०७० सालसम्म आइपुग्दा खेती हुने क्षेत्रफल २८ हजार ६०९ हेक्टरमा झरेको थियो ।

जिल्लाको शीतगङ्गा नगरपालिका–११, छाप यस अवस्थाको प्रतिनिधि उदाहरण बनेको छ । केही वर्षअघिसम्म ४५ घरपरिवार बसोबास गर्ने उक्त बस्ती अहिले पूर्ण रूपमा खाली भएको छ । ५० घर रहेको दुम्सीगाउँ पनि यस्तै अवस्थामा पुगेको छ । गाउँका अधिकांश परिवार तराईतर्फ बसाइँ सरेपछि खेतबारी बाँझिएका छन् । शीतगङ्गा सिद्धाराका भीम केसीका अनुसार गाउँका धेरै परिवार कपिलवस्तुको लुङ्ग्री, मौवाबारी, खयरभट्टी र ढोडेनी क्षेत्रमा बसाइँ सरेका छन् । सिद्धाराकै झाते, पात्ले र उनाय गाउँ पनि विस्तारै सुनसान बन्दै गएका छन् । जङ्गली जनावरबाट खेती जोगाउन नसक्नु पनि बसाइँसराइको अर्को कारण बनेको स्थानीय बासिन्दाको भनाइ छ ।

छत्रदेव गाउँपालिका–१, ठुलाखर्कका कमल ज्ञवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँका सबै मानिस बसाइँ सरेर सहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ, परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था छैन ।” पहिले टारी र बगर फाँडेर धान र गहुँ खेती गर्ने चलन थियो । खेत बाँझै राख्नु हुँदैन भन्ने सोच समाजमा बलियो थियो । अहिले भने खेती भइरहेका जमिन खर र वनमाराले ढाकिएका छन् ।

बसाइँसराइको असर शिक्षा क्षेत्रमा समेत स्पष्ट देखिन थालेको छ । भगवती माध्यमिक विद्यालय, डेभाका प्रधानाध्यापक पुनाराम भट्टराईका अनुसार विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको छ । २०८२ सालमा ३५० विद्यार्थी भर्ना भएको विद्यालयमा हाल २७० विद्यार्थी मात्र अध्ययनरत छन् । “भवन, कक्षाकोठा र अन्य पूर्वाधार पर्याप्त छन् तर बसाइँसराइका कारण विद्यार्थी जोगाउन चुनौती बढेको छ,” प्रधानाध्यापक भट्टराईले भन्नुभयो ।

विद्यालयका शिक्षक लक्ष्मी खनालका अनुसार अभिभावकहरू रोजगारी, उच्च शिक्षा र सहज जीवनशैलीको खोजीमा सहर तथा तराईतर्फ सर्ने क्रम बढेकाले गाउँका विद्यालयहरू प्रत्यक्ष प्रभावित भएका छन् । छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीका अनुसार तीन वर्षअघिसम्म सय जना विद्यार्थी रहेकोमा अहिले घटेर ७० मा झरेको छ । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो व्रmममा रहेको उहाँले बताउनुभयो । नेपाल सरकारको व्यक्तिगत घटना दर्ता तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट पाँच हजार ८२ घरपरिवार बसाइँ सरेका छन् । औसत एक परिवारका पाँच जनाका दरले हिसाब गर्दा झन्डै २५ हजार मानिसले जिल्ला छाडेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या २०६८ सालको तुलनामा २० हजारभन्दा बढीले घटेको छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार आधुनिक प्रविधि, हाइब्रिड बिउ र रासायनिक मलको प्रयोगले उत्पादनमा खास कमी नआए पनि खेती हुने क्षेत्रफल घट्दै जानु दीर्घकालीन रूपमा खतरनाक सङ्केत हो । “खाद्य सुरक्षामै चुनौती आउन सक्ने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो ।

पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शिक्षा, स्वास्थ्य, रोजगारी र सहज जीवनशैलीको आकर्षणले बसाइँसराइ बढिरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा धार्मिक तथा प्राकृतिक पर्यटनको ठुलो सम्भावना छ । सुपा देउराली, अर्घा भगवती, पाणिनि तपोभूमि, खाँचीकोट भगवतीलगायत क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना भई बसाइँसराइ रोक्न सहयोग पुग्न सक्छ ।

कृषिमा आधारित उद्योग, अर्गानिक उत्पादन, प्रशोधन उद्योग तथा एग्रो टुरिजम जस्ता कार्यव्रmममार्फत युवालाई गाउँमै आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । विकासका पूर्वाधार गाउँसम्म पुगे पनि ती सडक हुँदै गाउँका मानिस भने सहरतर्फ सरिरहेका छन् । समयमै रोजगारी, कृषि सुरक्षा र गुणस्तरीय सेवा विस्तार गर्न नसके बाँझो जमिनसँगै गाउँको अस्तित्वसमेत सङ्कटमा पर्ने चिन्ता बढ्न थालेको छ ।

आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.