• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी

  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित

काठमाडौँ, असार १३ गते । सरकारले ‘ब्लु बस’ सञ्चालनको तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीको बुँदा ९७ र ९८ मा उल्लेख भए अनुसार महिलाको सुरक्षित आगमन सुनिश्चित गर्न, सातै प्रदेशमा निःशुल्क ब्लु बससेवा सञ्चालन गर्ने र पहिलो चरणका सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने प्रतिबद्धता अनुसार उक्त तयारी गरिएको हो । निःशुल्क बससेवा सञ्चालनका लागि व्यवस्थापन र खर्चका हिसाबले तयारी गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

सञ्चालन गरिहाल्नुभन्दा पनि दीर्घकालीन रूपमै सञ्चालन गर्न सकिने गरी अवधारणा मन्त्रालयले बनाएको छ । मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले भन्नुभयो, “ब्लु बस सञ्चालनको अवधारणामा काम भइरहेको छ । अहिले त बजेट नै छैन, आगामी आर्थिक वर्षदेखि अगाडि बढाउने हो । तयारीको काम यातायात विभागबाट पनि भइरहेको छ ।”  ब्लु बस सञ्चालनका लागि मन्त्रालयको निर्देशन अनुसार यातायात व्यवस्था विभागले साझा यातायातसँग माग गरेको अवधारणाका आधारमा प्रस्ताव तयार गरी मन्त्रालयमा पठाएको छ । विभागका सूचना अधिकारी गणेश मानसिं राईले भन्नुभयो, “साझा यातायातले तयार गरेको सञ्चालन र व्यवस्थापनको अवधारणा हामीले मन्त्रालयमा पठाएका छौँ । थप गृहकार्य मन्त्रालयबाटै हुन्छ होला ।”

काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ब्लु बसका रूपमा सञ्चालन गर्ने योजना छ । काठमाडौँबाहिर सबै प्रदेशमा यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालन गर्ने तयारी छ । साझा यातायातबाट प्राप्त अवधारणामा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारीका काम अघि बढेको मन्त्रालयले जनाएको छ । कार्यसूचीमा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि सबै सवारीमा सिसिटिभी र ड्यासक्याम जडान गर्ने र राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने ३० दिनमा सम्पन्न गर्ने भनिएको छ । जस अनुसार साझा यातायातसहित करिब दुई सय सवारीमा सिसिटिभी तथा ड्यासक्याम जडान गरिएको विभागले जनाएको छ ।

शनिबार, असार १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.