• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

विपत् व्यवस्थापनको तयारीमा सेना

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौँ, असार २३ गते । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढिरहेका बेला नेपाली सेनाले सम्भावित विपत् प्रतिकार्यका लागि तीन चरणको तयारी पूरा गरेको छ ।

खोज, उद्धार, राहत वितरण तथा पूर्वाधार पुनस्र्थापनालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, हवाई साधन र बेलिब्रिज तथा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन पहिलो चरणमा पूर्वअभ्यास सम्पन्न गर्नुका साथै सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको बताउनुभयो । देशभर रहेका सैनिक युनिटलाई स्थानीय तहसम्म तयारी अवस्थामा राखिएको जानकारी दिँदै विपत्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन गर्ने गरी पूर्वसतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी दोस्रो चरण अन्तर्गत पृतना तहसम्मका निकायमा खोज, उद्धार तथा पुनस्र्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, उपकरण तथा पुनस्र्थापनासम्बन्धी सामग्री तयारी अवस्थामा राखिएको छ । सम्भावित विपत्का कारण सडक सञ्जाल अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ । प्रभावकारी उपचारका लागि देशभरका सैनिक फिल्ड अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।

त्यसै गरी दुर्गम तथा सडक सम्पर्कविच्छेद हुन सक्ने क्षेत्रमा तत्काल उद्धार, राहत सामग्री ढुवानी र घाइतेको हवाई उद्धारका लागि काठमाडौँ, इटहरी र सुर्खेतमा हवाई साधन तथा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा हेलिकोप्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ ।

तेस्रो चरण अन्तर्गत प्रतिकार्य तथा पृष्ठपोषण (पुनस्र्थापना तथा राहत) का लागि स्थानीय प्रशासन, जिल्ला विपत् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिसँग समन्वय गरी सबै सैनिक युनिटलाई चौबिसै घण्टा परिचालन गर्न सकिने गरी तयारी पूरा गरिएको छ । आवश्यक परे देशका अन्य क्षेत्रमा रहेका सैनिक स्रोतसाधनसमेत प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । यस वर्ष पनि मौसमविद्ले मनसुन अवधिभर केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएका छन् । यसलाई ध्यानमा राख्दै सरकारले विपत् प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ  । यस वर्षको मनसुन अवधिमा देशभर ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५१.१० प्रतिशत महिला र ४८.९० प्रतिशत पुरुष रहने आकलन गरिएको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ तथा सशस्त्र प्रहरी बल नेपालका आठ हजार ११० गरी कुल २६ हजार २१९ प्रशिक्षित सुरक्षाकर्मीलाई चौबिसै घण्टा परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयन गर्दै एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारीमा राखेको जनाइएको छ ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.