• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

घोषणामै सीमित मेलम्चीको विकल्प

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन ७ गते । काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अघि बढ्न सकेका छैनन् । सरकारले विकल्पका रूपमा बर्सौंअघिदेखि विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ्न नसकेका हुन् । ती योजना घोषणामै सीमित छन् ।

सिन्धुपाल्चोककै याङ्ग्री, लार्के र रिबर्मा खोला आयोजनाको काम अहिलेसम्म सुरु नै हुन सकेको छैन । सरकारले याङ्ग्री र लार्के खोलाबाट दैनिक थप ३४ करोड र रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि अहिलेसम्म काम अगाडि बढेको छैन ।

लामो समयदेखि चर्चामा आए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत २० गते सुन्दरीजलमा मेलम्चीको पानी काठमाडौँमा वितरण कार्यको शुभारम्भ गर्दै याङ्ग्री र लार्के खोला खानेपानी आयोजनाको औपचारिक घोषणा गर्नुभएको थियो । उहाँले तीन वर्षभित्र यी खोलाको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । गत वर्ष असारमा मेलम्ची खानेपानी आयोजना बन्द हुँदा काठमाडौँ उपत्यकामा हुने पानीको अभाव टार्न रिबर्मा खोला खानेपानी आयोजनाको घोषणा गरिएको थियो ।

त्यसै गरी मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजना, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला आयोजना, काठमाडौँको सुन्दरीजल खोला खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरिए पनि तिनीहरूको काम अगाडि बढ्न सकेका छैनन् ।

सिस्नेरी खानेपानी आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन (२०७९ साल) मा सार्वजनिक गरिएको थियो । त्यसयता यस आयोजनालाई सरकारले विभिन्न लगानी सम्मेलनमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ सम्ममा कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने घोषणा गरेको थियो । त्यसै गरी मेलम्ची खोलामा २०७८ साल असारमा आएको बाढीपछि विकल्पको खोजी गर्ने क्रममा सरकारले ठोस्ने र महादेव खोला खानेपानी आयोजनाको निर्माण गर्ने घोषणा गरेको थियो ।

काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने निकायहरूको नियामक संस्थाका रूपमा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. डोलप्रसाद चापागाईंले आवश्यक बजेट अभाव तथा विभिन्न कानुनी अडचनका कारण मेलम्चीको विकल्पमा विभिन्न खानेपानी आयोजना निर्माण गर्ने घोषणा र नीति लिइए पनि तिनीहरूको काम अगाडि बढ्न नसकेको बताउनुभयो ।

लगानीको अभाव 

याङ्ग्री र लार्केका लागि आवश्यक अर्बौं रुपियाँ लगानीको टुङ्गो नलागेका कारण आयोजना अनिश्चित बनेको उहाँको भनाइ छ । सरकारले यी दुई खोलाबाट थप ३४ करोड लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि निर्माणका लागि आवश्यक बजेट र लगानीको सुनिश्चितता हुन सकेको छैन ।

याङ्ग्री र लार्केको पानी ल्याउन मेलम्ची मुहानसम्म जोड्ने गरी साढे एघार किलोमिटर सुरुङ बनाउनुपर्ने हुन्छ । तर अहिलेसम्म मेलम्ची आयोजनाकै स्थायी संरचनाको टुङ्गो नलागेकाले विकल्पका रूपमा अगाडि सारिएका यो आयोजनाको काम सुरु हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

मेलम्ची क्षेत्रको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै याङ्ग्री र लार्केलाई मेलम्चीसँगै मिसाएर ल्याउने योजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) नै पुनरवलोकन गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी  दिनुभयो ।

सम्झौता नै रद्द

मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अगाडि सारिएको मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न परामर्शदाता नियुक्त गरेर काम सुरु गरिए पनि पछि सो कम्पनीले काम नगर्दा बिचमै सम्झौता रद्द गरिएको र आयोजनाको डिपिआरको लागि पुनः परामर्शदाता छनोट गर्न अन्तिम तयारी भइरहेको कार्यकारी निर्देशक चापागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस आयोजनाको डिपिआरका लागि विश्व बैङ्कले दुई मिलियन अमेरिकी डलर अनुदान सहयोग दिने सहमति जनाइसकेको छ । निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना हुँदै सिस्नेरीदेखि सैँबुसम्म पाइप लाइन निर्माण गर्न मिल्ने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सम्पन्न गर्न २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सिस्नेरी खानेपानी आयोजना ललितपुरको सैँबु रिजर्भ वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्छ ।

कुलेखानीनजिक रहेको सिस्नेरी खोलाबाट पानीलाई करिब दुई सय मिटरमाथि पम्प गरेर त्यहाँ जलाशय निर्माण गरी भण्डारण गरिने र त्यहाँदेखि पाइप लाइनबाट ललितपुरस्थित भैँसेपाटीमा पानी खसालिने छ र त्यहाँबाट काठमाडौँ उपत्यकामा पानी वितरण गरिने छ । कोगटे खोला र सिस्नेरी खोला मिसिएको ठाउँमा ड्याम बनाई जलाशय निर्माण गरिने सम्भाव्यता अध्ययनमा उल्लेख छ ।

त्यसै गरी ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको समेत अध्ययन भइसकेको कार्यकारी निर्देशक चापागाईंले जानकारी दिनुभयो । यी खोला आयोजनाको अध्ययन भए पनि आवश्यक बजेटको अभावमा यी आयोजनाको निर्माण अगाडि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.