• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ९. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • १०. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ। समितिले आज बिहान चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो।

युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘पाँच पाण्डव’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। निर्माणपक्षले चलचित्रलाई सपरिवार बसेर हेर्न मिल्ने मनोरञ्जनात्मक सिनेमा भएको बताएको छ।

वर्षकै प्रतीक्षित चलचित्रका रूपमा प्रचार गरिएको ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्।

चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्। त्यस्तै सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन्।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। चलचित्रलाई डल्बी एटमस साउन्ड प्रविधिमा तयार गरिएको निर्माणपक्षले जनाएको छ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भिएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन्।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ
डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार
‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
पार गर्न छिटो, टोल तिर्न सास्ती

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

भर्खरै

  • १.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

  • २.
    ‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३.
    डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

  • ४.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • ५.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

  • ६.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ७.
    पार गर्न छिटो, टोल तिर्न सास्ती

  • ८.
    भाइटीकाको उत्तम साइत २५ गते ११ः०७ बजे

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.