• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन २०, २०८३
☰
बुधबार, साउन २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

लोकप्रिय समाचार

  • १. ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो उत्सुकता

  • २. बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट उच्च प्रशंसा

  • ३. ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ४. बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहानाको तेस्रो सहकार्य

  • ५. भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य

  • ६. ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ७. निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

  • ८. नेपाल शोकमा: हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन पुष्टि

  • ९. ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन, नेपाली फिल्म उद्योग पनि शोकमा

  • १०. ‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्याँस तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय बस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाइ कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्तीदेवी राईले जानकारी गराउनुभयो ।

समितिले दैनिक उपभोग्य बस्तु तथा सेवाहरूको अस्वाभाविक मूल्य वृद्धिको नियन्त्रण, सर्वसाधारणको सहज पहुँच हुनेगरी सुपथ मूल्य पसलहरूको नियमित सञ्चालन र क्षेत्रगत दायरा विस्तार गर्न तथा सबै बजारका पसलहरूमा मूल्य सूची अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

तहगत सरकार र अन्तर मन्त्रालयबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्न, बजार अनुगमनमा स्थानीय तहलाई जिम्मेवार बनाउन र तीनै तहको सरकारबीच समन्वय गरेर अगाडी बढ्न समितिले सरकारलाई निर्देशन गरेको छ ।

यस्तै उपभोग्य बस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।

समितिमा आज भएको छलफलमा सांसदहरुले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा मंहगी, कालो बजारी र कृत्रिम अभाव सिर्जना भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले देशभर देखिएको खाना पकाउने ग्याँसको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता, डिपोहरूलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले मध्यपूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र यसले खाना पकाउने ग्याँस र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति शृङ्खला असन्तुलित हुने अवस्था देखिएको बताउनुभयो ।

मूल्य नबढाउँदा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने तथा बढाउँदा सबै क्षेत्रमा असर पर्ने भएकाले पेट्रोलियम पदार्थको न्युन उपयोग तथा विद्युतीय उपभोगको प्रयोगमा विस्तार एवं सबै विकल्पहरूको प्रयोगका लागि उपयुक्त निर्णय लिनुपर्ने अवस्था रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगम निगमका निमित्त कार्यकारी निर्देशक दिपक बरालले आधा सिलिन्डर ग्याँस वितरण भइरहेको समयमा भरी सिलिन्डर बेच्न शुरु गर्ने बित्तिकै केही समस्या देखिएको भएपनि दैनिक ७० देखि ८० ट्याङ्कर ग्याँस लोड हुँदै आएकामा अहिले १ सय १० देखि १ सय १५ ट्याङ्कर लोड भइरहेकाले अबको केही दिनभित्रबाट समस्या समाधान हुँदै जाने बताउनुभयो ।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त
‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट
‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो

  • २.
    बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट

  • ३.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार

  • ४.
    बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को

  • ५.
    भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर

  • ६.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री,

भर्खरै

  • १.
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

  • २.
    मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

  • ३.
    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  • ४.
    ‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट

  • ५.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ६.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ७.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ८.
    मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी वर्षा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.