• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ८. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ९. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • १०. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

वधशालाको फोहोर अब मोहर

  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन २१ गते । बर्सौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ । यी सहायक उत्पादन कतै खुला स्थानमा फालिन्छन्, कतै नदीनालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्त्याउने गरेका छन् । तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास सुरु भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो । उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला सञ्चालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले सुरु गरेको तथ्याङ्क सङ्कलनमा सहभागी हुन आग्रह गर्नुभयो । “सरकारको उद्देश्य वधशालाबाट निस्कने कुनै पनि वस्तु खेर जान नदिने हो,” मन्त्री चौधरीले भन्नुभयो ।

नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ । छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ । त्यसै गरी हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ । “बोसो साबुन तथा कस्मेटिक उद्योगका लागि कच्चा पदार्थ बन्न सक्छ भने रगतलाई प्रशोधन गरी मल र पशु आहार उत्पादनमा प्रयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “सिङ र खुर हस्तकला उद्योगका लागि पनि उपयोगी सामग्री हुन् ।”

मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनुका साथै वधशालाका लागि अतिरिक्त आम्दानीको स्रोतसमेत सिर्जना गर्ने छ । यसबाट नयाँ उद्योग स्थापना, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । नेपालमा मासुको माग बर्सेनि बढ्दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन । अझै पनि धेरै स्थानमा खुला ठाउँमै पशु वध गर्ने, स्वास्थ्य परीक्षणबिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ । यही कारण उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणीय व्यवस्थापनबारे पटक पटक प्रश्न उठ्दै आएका छन् ।

सरकारले ऐनको प्रभावकारी कार्यान्वयनबाट यी समस्या समाधान हुने विश्वास लिएको छ । ऐन पूर्ण रूपमा लागु भएपछि वध गरिने प्रत्येक पशुको स्वास्थ्य परीक्षण अनिवार्य हुने छ । मासु उत्पादन, ढुवानी र बिक्रीवितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड कडाइका साथ लागु गरिने छन् । यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।

यसअघि सुर्खेत, हेटौँडा र बुटवलका केही वधशालामा ऐन कार्यान्वयनको अभ्यास भइसकेको छ । अब २०८३ मङ्सिर १ गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन लागु गरिने छ ।

त्यसपछि २०८३ माघ १ गतेदेखि उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा यसको विस्तार गरिने छ । सरकारले २०८४ साउन १ गतेदेखि देशभर ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

पशु सेवा विभागले ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच आवश्यक समन्वय पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । विश्वका धेरै देशमा वधशालालाई मासु उत्पादन केन्द्र मात्र नभई बहुआयामिक औद्योगिक प्रणालीका रूपमा विकास गरिएको छ । त्यहाँ पशुका अधिकांश अङ्ग पुनः प्रयोग गरिन्छ र फोहोरको मात्रा न्यूनतम राखिन्छ ।

सरकारी योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा वधशालाबाट निस्कने फोहोर वातावरणको बोझ मात्र रहने छैन । यो उद्योगका लागि कच्चा पदार्थ, व्यवसायीका लागि अतिरिक्त आम्दानी, स्थानीय तहका लागि प्रभावकारी फोहोर व्यवस्थापन तथा उपभोक्ताका लागि सुरक्षित खाद्य प्रणाली निर्माणको आधार बन्ने अपेक्षा गरिएको छ ।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.