• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ८. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ९. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • १०. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : सर्वसाधारणका लागि खुला गरिँदै

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन ३० गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदै छ । साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका लागि मात्र खुला गरिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक १५० देखि २०० सम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिनुभयो । त्यस्ता सवारीसाधनलाई निःशुल्क रूपमा ओहोरदोहोर गर्न दिइएको छ ।

अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, “सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारी अन्तर्गतै सुरुङमार्गभित्र आपत्कालीन उद्धार अभ्यास (मक्क ड्रिल) सम्पन्न भएको छ । आयोजना अन्तर्गत रहेका आपत्कालीन उद्धार समूह (इमर्जेन्सी रेस्पन्स ग्रुप) ले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन् । यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरि नगरपालिका, युद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन् ।” सुरुङमार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उहाँले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्नेलगायतको विषयमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसपछि सुरुङमार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्छन् । त्यसको अध्ययन गर्छौं र स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङमार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुला हुने छ । सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइने छ । कुनै कारणवश सुरुङभित्र ठुला सवारीसाधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारीसाधनलाई सुरुङभित्र प्रवेशको अनुमति दिने उहाँले स्पष्ट पार्नुभयो । आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक ई. पन्थीले जानकारी दिनुभयो ।

पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबिच साउनको दोस्रो साता सो सुरुङमार्ग उद्घाटन गरिएको थियो । नागढुङ्गा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको यातायात प्रणालीमा क्रान्तिकारी परिवर्तन आउनुका साथै यसले यात्राको समय र दुरी घटाउने, इन्धन खपत कम गर्ने, ढुवानी लागत घटाउने तथा व्यापारिक गतिविधि विस्तार गरी समग्र राष्ट्रिय अर्थतन्त्र र सडक पूर्वाधारको आधुनिकीकरणमा दीर्घकालीन तथा दूरगामी योगदान पुग्ने विश्वास गरिएको छ । यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि ६०० रुपियाँसम्म शुल्क तिर्नपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद्ले गरिसकेको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनका लागि ६० देखि ६०० रुपियाँसम्म सडक उपभोग दस्तुर (टोल फी) तोकेको छ । सुरुङमार्गमा काठमाडौँ प्रवेश गर्दा (भित्रँदा) र काठमाडौँबाट बाहिरिँदा फरक फरक शुल्क निर्धारण गरिएको छ ।

शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.